काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि तय गरिएको बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा र आगामी महाधिवेशनको रणनीतिसँगै सभापति गगन थापाको राजीनामाबारे ठोस निर्णय हुने बताइएको छ ।
पार्टीभित्र थापाको राजीनामालाई लिएर दुई धार देखिएका छन् । पूर्वसभापति शेरबहादुर देउवा पक्षका कतिपय नेताहरूले नैतिकताको प्रश्न उठाउँदै थापाको राजीनामा मागे पनि संस्थापन इतर र कार्यसमितिका बहुसंख्यक सदस्यहरू भने राजीनामा स्वीकृत गर्न नहुने पक्षमा छन् ।
बैठकमा उपसभापति शर्माले चुनावी समीक्षासँगै सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव एकैसाथ लैजाने तयारी गरेका छन् ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गरी थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।