विज्ञापन
No data was found

'केपी ओलीसहित उच्च अधिकारीलाई कारबाही गर्न आयोगको सिफारिस'

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा भएको दमनका सम्बन्धमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित उच्च पदस्थ अधिकारीहरूमाथि कारबाही सिफारिस गरेको छ ।

विज्ञापन

आयोगको छानबिन समितिले शुक्रबार आयोगका अध्यक्ष तपबहादुर मगरलाई विस्तृत प्रतिवेदन बुझाउँदै दोषीहरूलाई जिम्मेवार ठहर गर्दै कारबाही सिफारिस गरेको हो ।

विज्ञापन

आयोगकी सदस्य लिली थापाको अध्यक्षतामा गठित छानबिन समितिले करिब साढे नौ हजार पृष्ठ लामो प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक तथा सुरक्षा निकायका प्रमुखहरू उक्त घटनाप्रति जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ ।

२४ भदौमा गठन भएको छानबिन समितिले ६ महिनाभन्दा बढी समय लगाएर अनुसन्धान सम्पन्न गरेको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌