विज्ञापन
No data was found

'“विश्व-ज्योति युवा पाण्डुलिपि पुरस्कार” सुर्खेतका युवा कथाकारलाई'

काठमाडौं । नेपाली वाङ्गमयको श्रीवृद्धिमा विगत २७ वर्षदेखि कृयाशिल संस्था एपेक नेपालले यस वर्षको “विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार” कर्णाली प्रदेश, सुर्खेतकि सर्जक हिमा रोका “प्रतिज्ञा”को लघुकथा पाण्डुलिपिलाई प्रदान गर्ने निर्णय गरेको छ ।

विज्ञापन

एपेक नेपालले ४० वर्ष मुनिका युवा सर्जकलाई प्रदान गर्ने गरी स्थापना गरेको यस पुरस्कारमा देश-देशावरबाट प्राप्त लघुकथाको पाण्डुलिपि मध्यबाट छनौट भएको एक उत्कृष्ट पाण्डुलिपिलाई पुस्तकका रूपमा प्रकाशित गरिन्छ । सोही अनुसार यस वर्ष पुरस्कृत हिमा रोकाको पाण्डुलिपि, पुस्तकका रूपमा प्रकाशित भै यही चैत २५ गते काठमाडौं मा सम्पन्न हुने एपेक नेपालको २७ औं वार्षिकोत्सव समारोहमा लोकार्पण गरिने कुरा संस्थाले जनाएको छ ।

विज्ञापन

पाण्डुलिपि पुरस्कारबाट सम्मानित सर्जक हिमा रोका प्रतिज्ञाको नामबाट साहित्य सिर्जना गर्छिन् । पिता चन्द्रबहादुर रोका र माता निमकला रोकाकि सुपुत्री हिमा घुमखहरे सुर्खेतमा जन्मिएकि हुन् । हाल गुर्भाकोट नगरपालिका, मेहेलकुना सुर्खेमा बस्दै आएकी हिमा लघुकथासँगै गजल, मुक्तक, टुक्का कविता र झिल्कामा कलम चलाउँछिन् ।

गत वर्षदेखि प्रदान गर्न सुरु गरिएको ‘विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार’ अघिल्लो वर्ष सुदूर पश्चिमका युवा कवि हेमन्त शिशिरको कविताकृति “बन्द घरको झ्याल”लाई प्रदान गरिएको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

आजदेखि सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म खुल्ने

स्वकीय सचिवदेखि सल्लाहकारसम्मको सुविधा खारेज

सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

चैत २३ गतेबाट शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

एमाले विशेष महाधिवेशनका लागि हस्ताक्षर

डीपी अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज

टिकापुर साहित्य महोत्सवमा चन्द्रागिरिकी चेतना शर्माको कविता प्रथम