२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि डिस्चार्ज भएका छन्। महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका ओलीको पत्थरीको शल्यक्रिया गरिएको थियो। सर्वोच्च अदालतले यसअघि नै ओलीलाई बन्दीप्रत्यक्षीकरण मुद्दामा हिरासतमुक्त गर्न आदेश दिएको थियो।

चन्द्रागिरिमा राष्ट्रिय स्वतन्त्र पार्टीले “विशेष धन्यवाद सभा तथा सुझाव संकलन” गर्दै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले चन्द्रागिरि नगरपालिकाको वडा नं २ मा “विशेष धन्यवाद सभा तथा सुझाव संकलन” कार्यक्रमको आयोजना गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, चन्द्रागिरि वडा नं २ कार्य समितिले काठमाडौँ निर्वाचन क्षेत्र नं१० का नवनिर्वाचित संघीय सांसद प्रदिप विष्टको प्रमुख आतिथ्यतामा विशेष अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्न लागिएको नगर पार्टी सचिव मधुकर बस्नेतले […]

स्थानीय तह पुनर्संरचनाका लागि नयाँ मापदण्डको प्रारम्भिक मस्यौदा तयार

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सङ्ख्या, सिमाना हेरफेर तथा नगरपालिका वर्गीकरण पुनरावलोकनका लागि नयाँ मापदण्डको प्रारम्भिक मस्यौदा तयार गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का प्रावधानअनुसार तयार मस्यौदामा जनसङ्ख्या, भूगोल, प्रशासनिक सहजता, पूर्वाधार, आर्थिक क्षमता र सांस्कृतिक पक्षलाई मुख्य आधार मानिएको छ। मन्त्रालयले मस्यौदामा सुझाव दिन प्रदेश सरकारहरूलाई तीन […]

वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव, चन्द्रागिरि नगरले के गर्दैछ ?

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको छ। मन्त्रालयले वैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई पत्राचार गर्दै सुझाव माग गरेको हो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३, ५, ६, ७ र ८ को व्यवस्था बमोजिम […]

काठमाडाैंकाे असन क्षेत्र अबदेखि हरेक शनिबार ‘भेहिकल फ्री जोन’

काठमाडाैं महानगरपालिकाले प्राचीन असन क्षेत्रमा शनिबारदेखि ‘भेहिकल फ्री जोन’ बनाएको छ । काठमाडाैं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगाेलले आज एक कार्यक्रमबीच यसको विधिवत् उद्घाटन गरेकी हुन् । अबदेखि हरेक शनिबार कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लागेको छ ।

‘तीनजुरे-मिल्के, गुफा-पाथीभरा क्षेत्र प्रकृतिको सुन्दर उपहार

काठमाडौं । पूर्वको तीनजुरे, मिल्के, गुफा, पाथीभरा क्षेत्र प्राकृतिक हिसाबले सुन्दर क्षेत्र हो । लालीगुराँस नगरपालिका–१ अन्तर्गत पर्ने तिनजुरे, मिल्के र जलजले क्षेत्रमा गुराँस फुल्न थालेसँगै पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ । यस क्षेत्र अहिले रंगीन गुराँसले ढाकिँदा आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षण बनेको छ । तिनजुरे, मिल्के र जलजले क्षेत्रको प्रवेशद्वार वसन्तपुर […]