विज्ञापन
No data was found

'वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव, चन्द्रागिरि नगरले के गर्दैछ ?'

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको छ। मन्त्रालयले वैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई पत्राचार गर्दै सुझाव माग गरेको हो।

विज्ञापन

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३, ५, ६, ७ र ८ को व्यवस्था बमोजिम गाउँपालिका तथा नगरपालिका, वडाको संख्या तथा सिमाना हेरफेर, गाउँपालिका र नगरपालिका एक आपसमा गाभिने र नगरपालिकाको विद्यमान वर्गीकरणमा पुनरावलोकन गर्न प्रारम्भिक मस्यौदा तयार भएको छ।

विज्ञापन

सो सम्बन्धमा कुनै राय सुझाव भए मन्त्रालयको इमेल ठेगानामा तीन दिनभित्र उपलब्ध गराइदिन मन्त्रालयले आग्रह गरेको हो।

यस विषयमा चन्द्रागिरि नगरमा अब के हुन्छ भन्ने सर्वत्र चासोको विषय बनिरहेको छ । विभिन्न चिया पसलदेखि सार्वजनिक ठाउँहरुमा पनि यस विषयमा छलफल सुरु भइरहेको छ । तर नगरपालिकाको भने यस विषयमा आधिकारिक छलफल भने अहिलेसम्म गरेको छैन ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

चन्द्रागिरिमा राष्ट्रिय स्वतन्त्र पार्टीले “विशेष धन्यवाद सभा तथा सुझाव संकलन” गर्दै

स्थानीय तह पुनर्संरचनाका लागि नयाँ मापदण्डको प्रारम्भिक मस्यौदा तयार

काठमाडाैंकाे असन क्षेत्र अबदेखि हरेक शनिबार ‘भेहिकल फ्री जोन’

‘तीनजुरे-मिल्के, गुफा-पाथीभरा क्षेत्र प्रकृतिको सुन्दर उपहार

आज मातातीर्थ औंसी : आमाको मुख हेर्ने पर्व मनाइँदै

चन्द्रागिरि साकोस तथा लायन्स क्लब अफ चन्द्रागिरिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुँदै

मातातीर्थ औंशीको दिन मातातीर्थ कुण्डमा किन लाग्छ विशेष मेला ?