काठमाडाैं महानगरपालिकाले प्राचीन असन क्षेत्रमा शनिबारदेखि ‘भेहिकल फ्री जोन’ बनाएको छ । काठमाडाैं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगाेलले आज एक कार्यक्रमबीच यसको विधिवत् उद्घाटन गरेकी हुन् ।
विज्ञापन
अबदेखि हरेक शनिबार कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लागेको छ ।
विज्ञापन