विज्ञापन
No data was found

'चन्द्रागिरिमा राष्ट्रिय स्वतन्त्र पार्टीले “विशेष धन्यवाद सभा तथा सुझाव संकलन” गर्दै'

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले चन्द्रागिरि नगरपालिकाको वडा नं २ मा “विशेष धन्यवाद सभा तथा सुझाव संकलन” कार्यक्रमको आयोजना गर्ने भएको छ ।

विज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी, चन्द्रागिरि वडा नं २ कार्य समितिले काठमाडौँ निर्वाचन क्षेत्र नं१० का नवनिर्वाचित संघीय सांसद प्रदिप विष्टको प्रमुख आतिथ्यतामा विशेष अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्न लागिएको नगर पार्टी सचिव मधुकर बस्नेतले जानकारी दिएका छन् ।

विज्ञापन

निर्वाचन पश्चात जनप्रतिनिधि र नागरिक बीचको सम्बन्धलाई थप पारदर्शी र उत्तरदायी बनाउन, वडाका आर्थिक, सामाजिक तथा सांस्कृतिक मुद्दाहरूमा प्रत्यक्ष संवाद गर्न र आगामी विकासका लागि जनस्तरबाटै सुझाव संकलन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति रामेश्वर भुर्तेलले बताएका छन् ।

कार्यक्रम वैशाख ६ गते, आईतबार बिहान ७:३० बजेदेखि ९:३० सम्म वडा कार्यालय प्राङ्गण, नागढुङ्गा (चेकपोस्ट नजिक) आयोजना हुने जनाइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

स्थानीय तह पुनर्संरचनाका लागि नयाँ मापदण्डको प्रारम्भिक मस्यौदा तयार

वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव, चन्द्रागिरि नगरले के गर्दैछ ?

काठमाडाैंकाे असन क्षेत्र अबदेखि हरेक शनिबार ‘भेहिकल फ्री जोन’

‘तीनजुरे-मिल्के, गुफा-पाथीभरा क्षेत्र प्रकृतिको सुन्दर उपहार

आज मातातीर्थ औंसी : आमाको मुख हेर्ने पर्व मनाइँदै

चन्द्रागिरि साकोस तथा लायन्स क्लब अफ चन्द्रागिरिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुँदै

मातातीर्थ औंशीको दिन मातातीर्थ कुण्डमा किन लाग्छ विशेष मेला ?