सरकारको खर्चमा विदेश गएर उपचार गर्ने व्यवस्था सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन ।
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी प्रधानमन्त्री कार्यालयले गरायो फिर्ता

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानूनविपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेकाहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया शुरू गरेको छ । मंगलबारसम्म विभिन्न मन्त्रालय, निकाय र संवैधानिक आयोगहरूबाट ६२२ वटा सरकारी सवारी साधन फिर्ता लिइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्राप्त तथ्याङ्कका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८३ वैशाख १० गते सबै […]
बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी

काठमाडाैं । बागमती प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनेको छ। मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मन्त्रालयको संख्या घटाउनेदेखि मन्त्रीहरू हेरफेर गर्ने सम्मको तयारी अघि बढाएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले वर्तमान मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा ल्याउने विषयमा आन्तरिक छलफल गरिरहेका छन्। दुवै दलभित्र मन्त्री परिवर्तनबारे छुट्टाछुट्टै छलफल भइरहेको बताइएको छ। […]
नक्कली नोट देखाएर ठगी गर्ने ६ जना पक्राउ

काठमाडौं । नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई आइतबार कीर्तिपुर नगरपालिका–६ पाण्डेछापबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा बस्ने ३८ वर्षीय मिलनकुमार तामाङ, काठमाडौँ दक्षिणकाली नगरपालिका–७ का २६ वर्षीय योगबहादुर तामाङ र ३६ वर्षीय भविन्द्रकुमार तामाङ रहेका […]
उपत्यका विशेष प्रदेश इञ्चार्ज हितमान शाक्यसहित नेकपाले तोक्यो प्रदेश इञ्चार्ज र संयोजक

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रदेश इञ्चार्ज तोकेको छ । केन्द्रीय संयोजन समितिको सोमबारको बैठकले कोशी इञ्चार्जमा राजेन्द्र राई, मधेशमा महिन्द्र राय यादव, बाग्मतीमा गंगालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरपश्चिम इञ्चार्जमा भीम रावललाई तोकेको छ । त्यस्तै, उपत्यका विशेष प्रदेश इञ्चार्जमा हितमान शाक्य र सम्पर्क विभागको इञ्चार्जमा यशोदा […]
आजदेखि सुरु भयो नयाँ शैक्षिकसत्र

काठमाडौँ । चन्द्रागिरि नगरसहित देशैभरि आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकामा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको असहज आपूर्ति हुने स्थितिमा वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने […]
चन्द्रागिरिका विभिन्न स्थानबाट सुनको सिक्री लुट्ने थानकोटका १ जनासहित ५ जना पक्राउ :

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका विभिन्न स्थानमा पैदलयात्री महिलाहरूलाई मोटरसाइकलबाट सुनको सिक्री लुट्ने ५ जनालाई प्रहरीले समातेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मातातीर्थ फनपार्क नजिकै बाटोमा हिंडिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुई जनाले २९ वर्षकी महिलालाई घाँटीमा लगाई हिंडिरहेको अवस्थामा साढे एक तोलाको सुनको सिक्री लुटपाट गरेको, त्यस्तै चन्द्रागिरि १३ नैकाप मितेरी चोकस्थित बाटोमा हिंडिरहेको […]