विज्ञापन

'नक्कली नोट देखाएर ठगी गर्ने ६ जना पक्राउ'

काठमाडौं । नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई आइतबार कीर्तिपुर नगरपालिका–६ पाण्डेछापबाट पक्राउ गरेको हो ।

विज्ञापन

पक्राउ पर्नेमा बारा बस्ने ३८ वर्षीय मिलनकुमार तामाङ, काठमाडौँ दक्षिणकाली नगरपालिका–७ का २६ वर्षीय योगबहादुर तामाङ र ३६ वर्षीय भविन्द्रकुमार तामाङ रहेका छन् । त्यस्तै, चितवन रत्ननगर नगरपालिका–५ का ३४ वर्षीय प्रवीण महतो, रौतहट गुजरा नगरपालिका–१ की २८ वर्षीया मुना धामी र चितवन कालिका नगरपालिका–५ का ३८ वर्षीय सत्यनारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विज्ञापन

पक्राउ परेका ६ जनालाई नै थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सरकारको खर्चमा विदेश गएर उपचार गर्ने व्यवस्था सर्वोच्चद्वारा खारेज

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी प्रधानमन्त्री कार्यालयले गरायो फिर्ता

बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी

उपत्यका विशेष प्रदेश इञ्चार्ज हितमान शाक्यसहित नेकपाले तोक्यो प्रदेश इञ्चार्ज र संयोजक

आजदेखि सुरु भयो नयाँ शैक्षिकसत्र

चन्द्रागिरिका विभिन्न स्थानबाट सुनको सिक्री लुट्ने थानकोटका १ जनासहित ५ जना पक्राउ :

तीनवटा म्यानपावर कम्पनीलाई कारबाही

त्रिवि खेल मैदान भत्किँदैन, नयाँ एग्रिमेन्ट हुन्छ: खेलकुदमन्त्री पोखरेल