विज्ञापन

'चन्द्रागिरिका विभिन्न स्थानबाट सुनको सिक्री लुट्ने थानकोटका १ जनासहित ५ जना पक्राउ :'

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका विभिन्न स्थानमा पैदलयात्री महिलाहरूलाई मोटरसाइकलबाट सुनको सिक्री लुट्ने ५ जनालाई प्रहरीले समातेको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मातातीर्थ फनपार्क नजिकै बाटोमा हिंडिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुई जनाले २९ वर्षकी महिलालाई घाँटीमा लगाई हिंडिरहेको अवस्थामा साढे एक तोलाको सुनको सिक्री लुटपाट गरेको, त्यस्तै चन्द्रागिरि १३ नैकाप मितेरी चोकस्थित बाटोमा हिंडिरहेको अवस्थामा मोटरसाइलमा आएका दुई जनाले ७० वर्षकी महिलाको घाँटीमा लगाएको डेढ तोला बराबरको सुनको सिक्री लुटपाट गरेको आरोपमा पक्राउ गरेको छ ।

विज्ञापन

त्यस्तै, चन्द्रागिरि ७ घुमाउनेस्थित बाटोमा हिंडिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुईजनाले एक महिलाले घाँटीमा लगाएको अन्दाजी डेढ तोला बराबरको सुनको सिक्री लुटपाट गरेको घटना तथा सोही प्रकृतिका अन्य चोरी लुटपाटलगायत घटनामा संलग्न भएका ५ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन् ।

उनीहरुलाई तारकेश्वर नगरपालिका ४ पैयुँटारबाट नियन्त्रणमा लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

लुटपाटमा संलग्न नुवाकोट, ककनी ३ बाउँखेल भर भई आल काठमाडौं तारकेश्वर ६ बस्ने २१ वर्षको सविन तामांग, २६ वर्षको बिमल तामाङ, २१ वर्षको सुजन तामाङ, बालाजु बस्ने सतिस अमात्य र सोलुखुम्बु घर भई हाल चन्द्रागिरि नगरपालिका ४ बस्ने १९ वर्षीया रितिका माझीलाई थानकोट प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरीले उनीहरुसँग १२.९० ग्राम सुन जस्तो देखिने पहेँलो धातु, १ थान खुकुरी, १ थान पेचकस र ९ थान रेन्चीहरू, ३ थान एलेन की र १ थान मोबाइल, लुटपाट गर्दा प्रयोग गरिएका हुडी, ट्राउजर र ज्याकेटहरू बरामद गरेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सरकारको खर्चमा विदेश गएर उपचार गर्ने व्यवस्था सर्वोच्चद्वारा खारेज

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी प्रधानमन्त्री कार्यालयले गरायो फिर्ता

बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी

नक्कली नोट देखाएर ठगी गर्ने ६ जना पक्राउ

उपत्यका विशेष प्रदेश इञ्चार्ज हितमान शाक्यसहित नेकपाले तोक्यो प्रदेश इञ्चार्ज र संयोजक

आजदेखि सुरु भयो नयाँ शैक्षिकसत्र

तीनवटा म्यानपावर कम्पनीलाई कारबाही

त्रिवि खेल मैदान भत्किँदैन, नयाँ एग्रिमेन्ट हुन्छ: खेलकुदमन्त्री पोखरेल