चन्द्रागिरी- ४ पानीघाटस्थित पेमा ठिन्ले गुम्बामा विशेष पुजा हुँदै

काठमाडाैं । सागा धावा पर्वको अवसरमा पानीघाटस्थित पेमा ठिन्ले गुम्बामा विशेष पूजा कार्यक्रम गरिने भएको छ । हिमाली बौद्ध ज्योतिष अनुसार शान्तिका अग्रदूत भगवान बुद्धको त्रि–संयोग दिवस अर्थात् जन्म, बुद्धत्व प्राप्ति तथा महान् परिनिर्वाण दिवस “सागा धावा” को पावन अवसरमा चन्द्रागिरि–४ पानीघाटस्थित पेमा ठिन्ले रावग्ये लिङ गुम्बामा विशेष धार्मिक कार्यक्रम आयोजना हुने भएको छ । […]

चन्द्रागिरि नगरपालिका–५ स्थित किसिपिडी क्षेत्रमा सामुदायिक सरसफाई अभियान सञ्चालन हुने

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–५ स्थित किसिपिडी क्षेत्रमा सामुदायिक सरसफाई अभियान सञ्चालन हुने भएको छ । “स्वच्छ वातावरण, स्वस्थ समाज हाम्रो प्रतिबद्धता, हाम्रो अभियान” भन्ने नारासहित किसिपिडी ब्याडमिन्टन क्लबले वृहत् सरसफाई कार्यक्रम आयोजना गर्न लागेको हो । सरसफाई अभियान किसिपिडी ब्याडमिन्टन ग्राउण्डदेखि श्री जन कल्याण स्कुल नजिकको खोलासम्म सञ्चालन गरिने आयोजकले जनाएको छ । कार्यक्रमलाई चन्द्रागिरि […]

गर्मीले आक्रान्त पश्चिम तराई : तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, अस्पतालमा बढ्न थाले बिरामी

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा अत्यधिक गर्मी बढ्दै जाँदा जनजीवन प्रभावित बन्न थालेको छ । केही जिल्लामा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि गर्मीजन्य समस्या बढ्न थालेका छन् भने अस्पतालमा बिरामीको चाप समेत बढ्न थालेको छ । विशेषगरी बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, रुपन्देही तथा कपिलवस्तुलगायतका जिल्लामा केही दिनयता अत्यधिक गर्मी महसुस गरिएको छ […]

सर्वोच्चको अन्तरिम आदेश : देउवा दम्पती तत्काल पक्राउ नहुने

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त आदेश दिएको हो । अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति माग्ने तथा जारी गर्ने प्रक्रियामै कानुनी त्रुटि देखिएको प्रारम्भिक निष्कर्ष निकालेको […]

थानकोट–चित्लाङ सडक १४ दिन पूर्ण बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले थानकोट–चित्लाङ सडक खण्ड १४ दिनका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। सडक डिभिजन काठमाडौंका अनुसार थानकोट–चित्लाङ सडक निर्माण तथा स्तरोन्नति कार्य तीव्र रूपमा सञ्चालन भइरहेका कारण निर्माणस्थल हुँदै सवारीसाधन आवतजावत गर्दा काममा अवरोध हुनुका साथै दुर्घटनाको जोखिम बढ्ने देखिएको भन्दै उक्त […]