काठमाडाैं । सागा धावा पर्वको अवसरमा पानीघाटस्थित पेमा ठिन्ले गुम्बामा विशेष पूजा कार्यक्रम गरिने भएको छ ।
विज्ञापन
हिमाली बौद्ध ज्योतिष अनुसार शान्तिका अग्रदूत भगवान बुद्धको त्रि–संयोग दिवस अर्थात् जन्म, बुद्धत्व प्राप्ति तथा महान् परिनिर्वाण दिवस “सागा धावा” को पावन अवसरमा चन्द्रागिरि–४ पानीघाटस्थित पेमा ठिन्ले रावग्ये लिङ गुम्बामा विशेष धार्मिक कार्यक्रम आयोजना हुने भएको छ ।
विज्ञापन
पेमा ठिन्ले रावग्येलिङ गुम्बा परिवारको आयोजनामा २०८३ जेठ १२ गते मंगलबार दिउँसो १ बजेदेखि गुम्बा परिसरमा बृहत गणचक्र पूजा, दीप प्रज्वलन तथा दीर्घायु पूजा अभिषेक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
कार्यक्रम मानव तथा सम्पूर्ण जीवजन्तुको कल्याण र विश्व शान्तिको कामनासहित आयोजना गर्न लागिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष नीर बहादुर श्रेष्ठले जानकारी दिए ।