काठमाडौँ । चन्द्रागिरि नगरपालिका–५ स्थित किसिपिडी क्षेत्रमा सामुदायिक सरसफाई अभियान सञ्चालन हुने भएको छ ।
“स्वच्छ वातावरण, स्वस्थ समाज हाम्रो प्रतिबद्धता, हाम्रो अभियान” भन्ने नारासहित किसिपिडी ब्याडमिन्टन क्लबले वृहत् सरसफाई कार्यक्रम आयोजना गर्न लागेको हो ।
सरसफाई अभियान किसिपिडी ब्याडमिन्टन ग्राउण्डदेखि श्री जन कल्याण स्कुल नजिकको खोलासम्म सञ्चालन गरिने आयोजकले जनाएको छ । कार्यक्रमलाई चन्द्रागिरि नगरपालिका–५ वडा कार्यालय, किसिपिडी (किपुल्चा) को सहयोग रहेको छ ।
स्थानीय वातावरणलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले आयोजना गरिएको अभियानमा स्थानीयवासी, युवा तथा विभिन्न सरोकारवाला निकायको सहभागिता रहने अपेक्षा गरिएको छ ।
आयोजक किसिपिडी ब्याडमिन्टन क्लबले समुदायस्तरमै सरसफाई तथा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ ।
कार्यक्रम आगामी जेष्ठ १४ गते बिहीबार बिहान ६ बजे सुरु हुनेछ ।