विज्ञापन
No data was found

'टिकापुर साहित्य महोत्सवमा चन्द्रागिरिकी चेतना शर्माको कविता प्रथम'

काठमाडाैं । टिकापुर साहित्य महोत्सवमा चन्द्रागिरि निवासी साहित्यकार चेतना शर्माको कविताले प्रथम स्थान हासिल गरेको छ ।

विज्ञापन

कैलालीको टीकापुरमा “साहित्यमार्फत् सामाजिक सद्‌भाव”को नारासहित शुक्रबार शुरू भएको महोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो ।

विज्ञापन

टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा भएको महोत्सवमा कर्णालीमा जलविहार, थारु सांस्कृतिक नाच, सडक नाटक, लेखन कार्यशाला र सुदूरपश्चिमको मौलिक देउडा खेललाई समावेश गरिएको थियो ।

तीनदिनसम्म चलेको महोत्सवमा भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, सामाजिक विकासका विविध सन्दर्भ तथा स्थानीय जनजीवनका अनेक आयामलाई एउटै मञ्चबाट प्रस्तुत गरिएको थियो ।

त्यस्तै, महोत्सव अन्तर्गत प्रदेश स्तरीय कविता प्रतियोगितामा चन्द्रागिरिकी चेतना शर्माको कविताले प्रथम स्थान हासिल गर्दै १५ हजार रुपियाँको पुरस्कार प्राप्त गरेको थियो ।

साथै, १० हजार रुपैयाँको द्वितीय पुरस्कार उद्गम मिसन र पाँच हजार राशीको तृतीय पुरस्कार स्वीकृति शर्मालाई प्रदान गरिएको छ भने सान्त्वना पुरस्कार कमल ढुङ्गाना र रचना डीसीलाई प्रदान गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

स्वकीय सचिवदेखि सल्लाहकारसम्मको सुविधा खारेज

सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

चैत २३ गतेबाट शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

एमाले विशेष महाधिवेशनका लागि हस्ताक्षर

डीपी अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज

शिक्षकको त्यो २९ दिने ‘सडक-पाठशाला’ र अहंकारी सत्ताको पटाक्षेप

आज काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुँदै