काठमाडौं । एमालेका युवा नेताहरूले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर सुरु गरेका छन् ।
पार्टीलाई नयाँ ढंगले अघि बढाउन र रूपान्तरण गर्न विशेष महाधिवेशन हुनुपर्ने भन्दै युवा नेताहरूको ‘लबिङ’ तीव्र पारेका छन् । विशेष महाधिवेशनका पक्षमा अध्यक्ष ओली निकटकै युवा नेताहरू पनि सक्रिय भएका छन् । निर्वाचनमा भएको शर्मनाक हारपछि पार्टीमा पुस्तान्तरण र रूपान्तरणको माग उठिरहेको थियो । त्यही बेला संसदीय दल नेता चयनमा युवालाई रोकेर वरिष्ठ उपाध्यक्ष बादललाई चयन गरिएपछि युवा नेताहरूमा आक्रोश थियो ।
युवा नेताहरू अब पार्टीलाई जनताबीच लोकप्रिय बनाउन विशेष महाधिवेशन अत्यावश्यक भएको भन्दै विशेष महाधिवेशनका पक्षमा तीव्र लबिङ गरिरहेका छन् । मंसिर ११ मा भएको महाधिवेशनमा अध्यक्ष ओलीका पक्षमा खुलेर लागेका नेताहरू नै विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरिरहेको स्रोतले बतायो ।
मंसिरमा भएको ११ औं महाविधेशनबाट ओलीपक्षधर नेताहरू अत्याधिक मत ल्याएर पार्टी नेतृत्वमा आएका थिए ।