विज्ञापन
No data was found

'‘गन्तव्य मध्यपुर’ अभियानको शुभारम्भ'

काठमाडाैं । ऐतिहासिक एवं सांस्कृतिक नगरी मध्यपुर थिमि नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख केन्द्र बनाउने उद्देश्यले शनिबारदेखि ‘गन्तव्य मध्यपुर’ अभियानको शुभारम्भ गरिएको छ।

विज्ञापन

बिस्का जात्रा र नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा आयोजित एक विशेष समारोहका बीच बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले सो अभियानको उद्घाटन गरेका हुन् ।

विज्ञापन

अभियानकै अवसर पारेर नगरपालिकाले शङ्खधर चोकमा स्थानीय उत्पादन तथा हस्तकला प्रवर्द्धन एवं बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ।

यसैगरी, ऐतिहासिक ‘निगु पुखु’ (दुई पोखरी) परिसरमा खुल्ला धिमे बाजा प्रतियोगिताको आयोजना गरिएको छ। मौलिक संस्कृति जोगाउने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा भक्तपुर, काठमाडौँ, ललितपुर, कीर्तिपुर र काभ्रेपलाञ्चोकका गरी कूल ३७ वटा धिमे समूहले प्रतिस्पर्धा गरिरहेका छन्।

‘गन्तव्य मध्यपुर’ अभियानअन्तर्गत नयाँ वर्षभरि विभिन्न सांस्कृतिक, आर्थिक र पर्यटकीय गतिविधिहरू सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

चन्द्रागिरि विकास मञ्चद्वारा पदयात्रा कार्यक्रम सम्पन्न

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपालको दबदबा : नेपाली टोलीकाे ऐतिहासिक सफलता

सार्वजनिक गाडीमा भाडा बढ्यो, उपत्यकामा न्यूनतम २४ रुपैयाँ

सान इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई विदाई

सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन

बिस्का जात्रा आजदेखि सुरु

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी