काठमाडौं । चन्द्रागिरि नगरपालिका–३, थानकोटस्थित समृद्धि टोलका १६ वर्षीय कृष्ण भुसाल सकुशल भेटिएका छन्।
विज्ञापन
गत जेठ १६ गतेदेखि सम्पर्कविहीन भएका कृष्ण चार दिनपछि परिवारको सम्पर्कमा आएका हुन्।
विज्ञापन
माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ३.८४ जीपीए प्राप्त गरेका कृष्ण प्रवेशपत्र प्रिन्ट गर्न जाने भन्दै जेठ १६ गते दिउँसो घरबाट निस्किएका थिए। त्यसयता उनी परिवारको सम्पर्कमा नआएपछि परिवार, आफन्त, स्थानीयबासी तथा प्रहरीले खोजी कार्य अघि बढाएका थिए।
कृष्णले सोमबार दिउँसो करिब १२ बजेर २० मिनेटमा पोखराबाट आफ्नी आमालाई फोन सम्पर्क गरि आफू सकुशल रहेको जानकारी दिएका थिए । उनको फोन आएपछि चार दिनदेखि चिन्तित बनेका परिवारजनमा खुसी छाएको छ।
कृष्ण भुषाल सम्पर्कमा आएको जानकारी दिँदै उनको परिवारले खोजी तथा सूचना सम्प्रेषणमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरेको छ ।