विज्ञापन

'चन्द्रागिरिमा कार्बन उत्सर्जन परीक्षण : मापदण्ड नपुग्ने सवारीलाई जरिवाना'

काठमाडौं, जेठ १९ । चन्द्रागिरि नगरपालिकाले ‘स्वस्थ शहर पहल (Healthy City Initiative)’ अन्तर्गत त्रिभुवन पार्क क्षेत्रमा सञ्चालन गरेको सवारी साधनको कार्बन उत्सर्जन परीक्षणमा अधिकांश सवारी साधनले तोकिएको उत्सर्जन मापदण्ड पूरा गर्न नसकेको पाइएको छ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका, वातावरण विभाग तथा ट्राफिक प्रहरी कार्यालय थानकोटको समन्वयमा जेठ १२ र जेठ १९ गते गरिएको परीक्षणमा सवारी साधनबाट निस्कने धुवाँको गुणस्तर परीक्षण गरिएको थियो।

विज्ञापन

नगरपालिकाका अनुसार जेठ १२ गते परीक्षण गरिएका सवारी साधनमध्ये ३१ वटा अर्थात् ४५ प्रतिशत सवारी साधनले तोकिएको वायु गुणस्तर तथा कार्बन उत्सर्जन मापदण्ड पूरा गर्न सकेनन्।

त्यस्तै, जेठ १९ गते परीक्षण गरिएका ५७ वटा सवारी साधनमध्ये २२.८ प्रतिशत सवारी साधन मापदण्डविपरीत रहेको पाइएको छ।

मापदण्ड पूरा नगर्ने सवारी साधनका चालक तथा धनीहरूलाई प्रचलित कानुनअनुसार जरिवाना गरिएको छ। साथै, सम्बन्धित सवारी साधनको आवश्यक मर्मतसम्भार गरी पुनः उत्सर्जन परीक्षण गराउन सुझाव तथा निर्देशनसमेत दिइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले यस कार्यक्रमको मुख्य उद्देश्य वायु प्रदूषण न्यूनीकरण गर्दै स्वच्छ, स्वस्थ तथा वातावरणमैत्री शहरी वातावरण निर्माण गर्नु रहेको जनाएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

थानकोट प्राथमिक अस्पतालमा निःशुल्क आँखा उपचार सेवा सञ्चालन हुँदै

दशरथ रंगशालामा पहिलो राष्ट्रिय फुल–कन्ट्याक्ट कराते प्रतियोगिता हुने

चन्द्रागिरिको न्यायिक समितिद्वारा विद्यालयमा न्यायिक सचेतनामूलक कक्षा सञ्चालन

किसान सूचीकरणका लागि धुनिवेशी नगरपालिकाले वडा-वडामा घुम्ती सेवा सञ्चालन गर्ने

चन्द्रागिरि नगरपालिकामा स्थानीय उत्पादन प्रदर्शनी तथा बिक्री मेला आयोजना हुने

मकवानपुरमा लागुऔषधसहित १३ जना पक्राउ

मध्यपूर्वमा तनाव चरममा: इरानद्वारा कुवेत र बहराइनमा मिसाइल तथा ड्रोन आक्रमण

भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने यात्रुलाई ५०० रुपैयाँसम्म भन्सार छुट