विज्ञापन

'चन्द्रागिरिमा कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने'

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।

विज्ञापन

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको राष्ट्रिय कार्यक्रमअनुसार देशभर एकैपटक सञ्चालन हुने अभियानअन्तर्गत चन्द्रागिरिमा पनि लक्षित उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो। यस वर्ष बडादसैँको सार्वजनिक बिदाका कारण नियमित तालिकामा परिवर्तन गरी कात्तिक १७ र १८ गते कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

विज्ञापन

कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ। देशभर करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाखभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरिएको छ।

चन्द्रागिरि नगरपालिकाले लक्षित उमेर समूहका बालबालिकालाई तोकिएको मितिमा नजिकको वितरण केन्द्र वा स्वास्थ्य संस्थामा लगेर भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ।

राष्ट्रिय कार्यक्रमलाई प्रभावकारी बनाउन देशभर महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहनेछ। स्वास्थ्य सेवा विभागका अनुसार देशभर करिब ५१ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र करिब १० हजार स्वास्थ्यकर्मी तथा स्थानीय तहका जनप्रतिनिधि कार्यक्रमको सहजीकरण तथा अनुगमनमा परिचालन हुनेछन्।

स्थानीय तहले आफ्नो आवश्यकता र भौगोलिक अवस्थाअनुसार वडा कार्यालय, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक स्थानमा औषधि वितरण केन्द्र निर्धारण गर्न सक्ने व्यवस्था गरिएको छ। निर्धारित दुई दिनमा कुनै कारणले औषधि खुवाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थाबाट सेवा उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

सरकारले बालबालिकामा भिटामिन ‘ए’ को कमीबाट हुनसक्ने स्वास्थ्य समस्या तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि नियमित रूपमा भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपालमा भिटामिन ‘ए’ क्याप्सुल वितरण कार्यक्रम २०५० सालदेखि र जुकाको औषधि वितरण कार्यक्रम २०५६ सालदेखि सञ्चालन हुँदै आएको छ।

नगरपालिकाले लक्षित उमेर समूहका कुनै पनि बालबालिका कार्यक्रमबाट वञ्चित नहुने गरी निर्धारित मितिमा नजिकको वितरण केन्द्रमा पुर्‍याई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई अनुरोध गरेको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

चन्द्रागिरि–२ मा पाँच विधामा निःशुल्क सीपमूलक तालिम सञ्चालन हुने

चन्द्रागिरिमा तेस्रो अन्तरवडाकप फुटबल प्रतियोगिता हुँदै, विजेतालाई २ लाख ३० हजार

फेरेचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टर ठोक्किए

समाजसेवी ईश्वर लामाको प्रायोजनमा चन्द्रागिरि ई–स्पोर्ट्स च्याम्पियनसिप हुँदै

चन्द्रागिरिमा ‘चन्द्रागिरि नगर कप’ ब्याडमिन्टन प्रतियोगिता हुँदै

थानकोट वृत्त प्रमुख डीएसपी दिपकबहादुर केसी “बेस्ट पुलिस अफ द मन्थ”बाट सम्मानित

३ लाख घुस लिएको आरोपमा वडाध्यक्ष र मालपोत अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

चन्द्रागिरि नगर कप २०८३ फुटसल प्रतियोगिता मङ्सिर १२ गते हुने