विज्ञापन

'चन्द्रागिरि–२ मा पाँच विधामा निःशुल्क सीपमूलक तालिम सञ्चालन हुने'

काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ वडा कार्यालयले बेरोजगार युवायुवतीलाई लक्षित गर्दै पाँच विधामा निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ।

विज्ञापन

गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालयको समन्वयमा सञ्चालन हुने तालिमबाट युवायुवतीलाई सीप प्रदान गरी स्वरोजगार तथा रोजगारीका अवसरसँग जोड्ने लक्ष्य लिइएको वडा कार्यालयले जनाएको छ।

विज्ञापन

वडा कार्यालयका अनुसार सिलाइकटाइ, सहायक ब्युटिसियन, मन्टेश्वरी, ग्रामीण पशु स्वास्थ्य सहायक कार्यकर्ता र बेमौसमी तरकारी उत्पादक विषयमा तालिम सञ्चालन हुनेछ। सबै तालिम लेभल–१ अन्तर्गत ३९० घण्टाको हुनेछन्।

प्रत्येक विधाको तालिममा २० जना सहभागी रहने व्यवस्था गरिएको छ। इच्छुक व्यक्तिले वडा कार्यालयले उपलब्ध गराएको अनलाइन आवेदन फाराममार्फत आवेदन दिनुपर्नेछ।

तालिममा सहभागी हुन चाहनेले २०८३ साल कार्तिक ३० गतेभित्र आवेदन पेस गर्नुपर्नेछ। वडा कार्यालयले इच्छुक बेरोजगार युवायुवतीलाई समयसीमाभित्र आवेदन दिन आग्रह गरेको छ।

सीपमूलक तालिममार्फत स्थानीय स्तरमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको वडा कार्यालयले जनाएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

चन्द्रागिरिमा तेस्रो अन्तरवडाकप फुटबल प्रतियोगिता हुँदै, विजेतालाई २ लाख ३० हजार

फेरेचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टर ठोक्किए

चन्द्रागिरिमा कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

समाजसेवी ईश्वर लामाको प्रायोजनमा चन्द्रागिरि ई–स्पोर्ट्स च्याम्पियनसिप हुँदै

चन्द्रागिरिमा ‘चन्द्रागिरि नगर कप’ ब्याडमिन्टन प्रतियोगिता हुँदै

थानकोट वृत्त प्रमुख डीएसपी दिपकबहादुर केसी “बेस्ट पुलिस अफ द मन्थ”बाट सम्मानित

३ लाख घुस लिएको आरोपमा वडाध्यक्ष र मालपोत अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

चन्द्रागिरि नगर कप २०८३ फुटसल प्रतियोगिता मङ्सिर १२ गते हुने