विज्ञापन

'फेरेचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टर ठोक्किए'

सोलुखुम्बु, कात्तिक १७। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरेचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टर आपसमा ठोक्किएका छन्।

विज्ञापन

मंगलबार बिहान फेरेचे हेलिप्याडमा फिस्टल एयर र एयर डाइनेष्टीका हेलिकोप्टर अवतरण गर्ने क्रममा ठोक्किएका हुन्।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी नवीनराज बुढाथोकीका अनुसार सगरमाथा क्षेत्रको खुम्बु उपत्यकामा पर्ने फेरेचे हेलिप्याडमा दुई हेलिकोप्टर ठोक्किएका हुन्।

फेरेचे सगरमाथा क्षेत्रको महत्वपूर्ण पर्यटकीय बस्ती हो। सगरमाथा आधार शिविर, खुम्बु क्षेत्रका विभिन्न गन्तव्य तथा उद्धार उडानका लागि हेलिकोप्टरको नियमित आवागमन हुने क्षेत्रमा फेरेचे पनि पर्छ।

घटनामा फिस्टल एयर र एयर डाइनेष्टीका हेलिकोप्टर संलग्न रहेका छन्। दुर्घटना अवतरणका क्रममा भएको हो।

घटनापछि दुर्घटनाको कारण, हेलिकोप्टरमा सवार यात्रु तथा चालक दलको अवस्था र भएको क्षतिसम्बन्धी विवरण संकलन तथा अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

चन्द्रागिरि–२ मा पाँच विधामा निःशुल्क सीपमूलक तालिम सञ्चालन हुने

चन्द्रागिरिमा तेस्रो अन्तरवडाकप फुटबल प्रतियोगिता हुँदै, विजेतालाई २ लाख ३० हजार

चन्द्रागिरिमा कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

समाजसेवी ईश्वर लामाको प्रायोजनमा चन्द्रागिरि ई–स्पोर्ट्स च्याम्पियनसिप हुँदै

चन्द्रागिरिमा ‘चन्द्रागिरि नगर कप’ ब्याडमिन्टन प्रतियोगिता हुँदै

थानकोट वृत्त प्रमुख डीएसपी दिपकबहादुर केसी “बेस्ट पुलिस अफ द मन्थ”बाट सम्मानित

३ लाख घुस लिएको आरोपमा वडाध्यक्ष र मालपोत अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

चन्द्रागिरि नगर कप २०८३ फुटसल प्रतियोगिता मङ्सिर १२ गते हुने