विज्ञापन

'बूढानीकण्ठमा दोस्रो के.बी. खत्री स्मृति ब्याडमिन्टन प्रतियोगिता हुँदै, विजेतालाई ३० हजार पुरस्कार'

काठमाडौं । खत्री स्पोर्ट्स सेन्टरको आयोजनामा ‘दोस्रो स्व. के.बी. खत्री स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता २०८३’ आगामी पुस ४ र ५ गते काठमाडौंको बूढानीकण्ठमा आयोजना हुने भएको छ।

विज्ञापन

बूढानीकण्ठ नगरपालिका–२ स्थित मितेरी स्पोर्ट्स हबमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न तीन विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले पुस २ गते साँझ ७ बजेसम्म नाम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रति टोली ३ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ।

विज्ञापन

प्रतियोगिताअन्तर्गत मेन्स डबल्स ‘बी’, मेन्स डबल्स ‘सी’ तथा आयोजकबाट अनुमतिप्राप्त खेलाडी र मेन्स डबल्स एज १००+ (खेलाडीको न्यूनतम उमेर ४५ वर्ष) विधामा प्रतिस्पर्धा हुनेछ।

मेन्स डबल्स ‘बी’ र एज १००+ विधाका विजेता टोलीले जनही ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, मेन्स डबल्स ‘सी’ विधाका विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ। तीनवटै विधाका उपविजेता टोलीले १५ हजार रुपैयाँ तथा तृतीय हुने टोलीले विधाअनुसार ५ हजारदेखि ७ हजार ५०० रुपैयाँसम्म नगद पुरस्कार प्राप्त गर्नेछन्। पुरस्कारसँगै ट्रफी, मेडल, प्रमाणपत्र र टी–सर्टसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघ (NBA) को प्राविधिक सहयोग रहनेछ। खेलहरू विश्व ब्याडमिन्टन महासंघ (BWF) तथा नेपाल ब्याडमिन्टन संघको नियमानुसार योनेक्स माभिस ३५० नाइलन सटलकक प्रयोग गरी सञ्चालन गरिनेछ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई ‘बेस्ट प्लेयर अफ द टुर्नामेन्ट’ तथा अनुशासित टोलीलाई ‘फेयर प्ले ट्रफी’ प्रदान गरिनेछ।

खेलको क्वार्टरफाइनल चरणदेखि खेलाडीले अनिवार्य रूपमा ब्याडमिन्टन टी–सर्ट लगाउनुपर्नेछ। सहभागी खेलाडी तथा अफिसियलका लागि खानाको व्यवस्थासमेत गरिएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

नेपाली साहित्यका तीन धुरन्धर कविका तीन कविता

चन्द्रागिरिको इँटाभट्टा विवाद: एउटा उद्योगको प्रश्नभन्दा माथि स्थानीय शासनको परीक्षा

चन्द्रागिरिका सामुदायिक विद्यालयमा डिजिटल परिचयपत्र वितरणमै ढिलाइ, शैक्षिक सत्र सकिन लाग्दा विद्यार्थी अन्योलमा

इनम सापकोटाको जीवनरक्षाको माग गर्दै मानव अधिकार आयोगमा उजुरी

थानकोटमा राष्ट्रिय बाँसुरी प्रतियोगिताको तयारी, विजेताले पाउनेछन् एकैपटक एकलाख रुपैयाँ पुरस्कार

थानकोटमा बन्ने भयो २५ शय्याको अत्याधुनिक मातृ तथा नवजात शिशु अस्पताल, मङ्सिर १४ गते शिलान्यास

ब्राइट फ्युचर माध्यमिक विद्यालयको ४०औँ स्थापना दिवस तथा सम्मान कार्यक्रम मंसिर १४ गते हुने

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता चन्द्रागिरिवासीको विवरण संकलन गर्दै नगरपालिका, परिवारलाई पाँच दिनको समय