विज्ञापन

'ब्राइट फ्युचर माध्यमिक विद्यालयको ४०औँ स्थापना दिवस तथा सम्मान कार्यक्रम मंसिर १४ गते हुने'

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयले आफ्नो ४०औँ स्थापना दिवस तथा सम्मान कार्यक्रम २०८३ आयोजना गर्ने भएको छ। विद्यालय स्थापनाको गौरवमय ४९ वर्ष पूरा भएको अवसरमा आगामी मंसिर १४ गते सोमबार विशेष समारोहका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो।

विज्ञापन

बिहान ११ः३० बजेबाट सुरु हुने कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने विद्यालयले जनाएको छ। समारोहको औपचारिक उद्घाटन बेलुन उडाएर गरिने कार्यक्रमसमेत तय गरिएको छ।

विज्ञापन

स्थापना दिवसको अवसरमा विद्यालयको शैक्षिक विकास, उन्नयन तथा संस्थागत प्रगतिमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरूलाई विशेष सम्मान गरिने विद्यालयका अध्यक्ष मोहन कार्कीले जानकारी दिए।

विद्यालयको शैक्षिक यात्रामा योगदान पुर्‍याउने शिक्षक, कर्मचारी, अभिभावक तथा विभिन्न क्षेत्रका सहयोगी व्यक्तित्वहरूको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको अध्यक्ष कार्कीले बताए।

विद्यालयको संस्थागत यात्रालाई स्मरण गर्दै विगतका उपलब्धिको समीक्षा, योगदानकर्ताको सम्मान तथा आगामी शैक्षिक यात्राका लागि नयाँ संकल्प गर्ने अवसरका रूपमा कार्यक्रम आयोजना गर्न लागिएको विद्यालयले जनाएको छ।

विद्यालयले स्थापना दिवस तथा सम्मान कार्यक्रममा सहभागी भई समारोहको गरिमा बढाइदिन सम्पूर्ण अभिभावक, पूर्वविद्यार्थी, शिक्षाप्रेमी तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

नेपाली साहित्यका तीन धुरन्धर कविका तीन कविता

चन्द्रागिरिको इँटाभट्टा विवाद: एउटा उद्योगको प्रश्नभन्दा माथि स्थानीय शासनको परीक्षा

चन्द्रागिरिका सामुदायिक विद्यालयमा डिजिटल परिचयपत्र वितरणमै ढिलाइ, शैक्षिक सत्र सकिन लाग्दा विद्यार्थी अन्योलमा

इनम सापकोटाको जीवनरक्षाको माग गर्दै मानव अधिकार आयोगमा उजुरी

थानकोटमा राष्ट्रिय बाँसुरी प्रतियोगिताको तयारी, विजेताले पाउनेछन् एकैपटक एकलाख रुपैयाँ पुरस्कार

थानकोटमा बन्ने भयो २५ शय्याको अत्याधुनिक मातृ तथा नवजात शिशु अस्पताल, मङ्सिर १४ गते शिलान्यास

बूढानीकण्ठमा दोस्रो के.बी. खत्री स्मृति ब्याडमिन्टन प्रतियोगिता हुँदै, विजेतालाई ३० हजार पुरस्कार

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता चन्द्रागिरिवासीको विवरण संकलन गर्दै नगरपालिका, परिवारलाई पाँच दिनको समय