दाङमा एमालेको जनसभा : देशको विकासका लागि ल्याइएका अध्यादेश पारित गरेरै छाड्ने प्रधानमन्त्रीको उद्घोष

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशको विकासका लागि ल्याइएका अध्यादेश संसद्बाट पारित गरेरै छाड्ने बताउनुभएको छ ।दाङको घोराहीमा नेकपा (एमाले) जिल्ला कमिटीद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूूरा गर्न आफ्नो नेतृत्वको सरकार केन्द्रित भएको स्पष्ट गर्दै आफूहरु कोही पनि नेपाली पछाडि […]
मङ्गलोदय स्कुलमा मनोपरामर्श कार्यक्रम सम्पन्न

काठमाडौं । मङ्गलोदय माध्यमिक विद्यालयमा मनोपरामर्श कार्यक्रम गरिएको छ । चन्द्रागिरि नगरपालिका स्थित मङ्गलोदय माध्यामिक विद्यालय थानकोटमा चन्द्रागिरि नगरपालिका वडा नं ३ को पहलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाई मनोपरामर्श प्रदान गरिएको छ । आज सम्पन्न उक्त कार्यक्रममा करिब १४० जना विद्यार्थीले सहभागिता जनाएको मङ्गलोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कविन्द्र गोपालीले शोणितपुर खबरलाई जानकारी दिएका छन् […]
सहिद स्मृति प्रकृति प्रतिष्ठानले हालेको मुद्दामा बागमती प्रदेशको कडा जवाफ

काठमाडौं । सहिद स्मृति प्रकृति प्रतिष्ठानले आफू विरुद्ध हालेको मुद्दामा बागमती प्रदेश सरकारले प्रतिवाद गर्दै कडा जवाफ दिएको छ । लामो समयदेखि विवादमा पर्दै आएको चन्द्रागिरि नगरपालिका अन्तर्गत थानकोटमा रहेको शहिद स्मृति प्रकृति प्रतिष्ठानले बागमती प्रदेश सरकार विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेपछि त्यसको प्रति उत्तर दिँदै बागमती सरकारले लिखित रूपमा आफ्नो तर्फबाट प्रतिवाद गरेको […]
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदै छ । सोमबारदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको छ । खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । सन् २०१९ पछि नेपालले कीर्गिस्तानसँग पहिलोपटक खेल्न लागेको हो । नेपालले कीर्गिस्तानविरूद्ध सन् २०१९ मा कीर्गिस्तानमा भएको […]
काठमाडौंमा आंशिक वर्षाको सम्भावना

काठमाडौँ । काठमाडौंसहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि […]
काठमाडौं विश्वकै चौथो प्रदूषित सहर, शीर्ष स्थानमा दिल्ली

काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ । छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । २०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो । त्यस्तै दक्षिण एसियाली मुलुक बंगलादेशको […]
११४५ मिस नेवा:को ताज शाक्यलाई

काठमाडौं : मिस नेवा: ११४५ को ताज प्रलिशा शाक्यले जितेकी छिन् । नेप्लिज फेसन होमले आयोजना गरेको मिस नेवा: प्रतियोगिताको शिर्ष उपाधी प्रलिशा शाक्यले जितेकी छिन् भने लुनिभा मानन्धर र लुमना महर्ज क्रमशः पहिलो र दोश्रो उपविजेता भएका छन् । १८औं संस्करणको ‘मिस नेवाः ११४५’ मा २० जना प्रतिस्पर्धीहरू प्रलिशा शाक्य,रितिषा बज्राचार्य, सुभेक्षा श्रेष्ठ, रोनिशा […]
चन्द्रागिरि-हेटौँडा चैत २१ सम्म बन्द

काठमाडौँ हुँदै हेटौँडा जोड्ने छोटो दूरीको देउराली फाखेल मातातीर्थ सडक करिब डेढ महिना बन्द हुने भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने उक्त सडक मर्मतका लागि बन्द गरिने भएको हो । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ ले एक सूचना प्रकाशित गर्दै देउराली मातातीर्थ खण्डमा निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले उक्त सडक खण्डमा फागुन ४ […]