विज्ञापन
No data was found

'अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल'

विज्ञापन

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदै छ ।

विज्ञापन

सोमबारदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको छ । खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । सन् २०१९ पछि नेपालले कीर्गिस्तानसँग पहिलोपटक खेल्न लागेको हो ।

नेपालले कीर्गिस्तानविरूद्ध सन् २०१९ मा कीर्गिस्तानमा भएको नाजेज्दा कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपालले कीर्गिस्तानलाई घरेलु मैदानमै ८-२ गोलअन्तरले हराएको थियो ।

एएफसी एसियन कप र फिफा महिला विश्वकपको तयारी स्वरूप एन्फाले चार देशीय च्याम्पियनसिपको आयोजना गरेको हो । चार देशीय च्याम्पियनसिपमा नेपालसँगै म्यानमार, कीर्गिस्तान र लेबनान सहभागी छन् ।

उद्‌घाटन खेल भने दिउँसो २ बजे सुरु हुनेछ । उद्‌घाटन खेलमा लेबनान र म्यानमार आमनेसामने हुनेछन् । नेपालले ८ फागुनमा लेबनान र ११ फागुनमा म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌