प्रगतिशील लेखक संघ चन्द्रागिरि गठन

  काठमाडौं । चन्द्रागिरि नगरमा पनि “प्रगतिशील लेखक संघ गठन गरिएको छ । फागुन २४ गते प्रलेस केन्द्रीय अध्यक्ष डा. मधुसुदन गिरीको प्रमुख अतिथ्यतामा नैकापस्थित मुनाल क्लबमा आयोजित भेलाले ‘प्रगतिशील लेखक संघ चन्द्रागिरि’ गठन गरेको हो । सो भेलामा साहित्यकार प्रा. नरनाथ लुइँटेल, प्रा. अच्युत पराजुली, प्रा. सरिता पराजुली,प्रा.डा गोपीचन्द्र पौडेल, साहित्यकार ईश्वरचन्द्र ज्ञवाली लगायत […]

गायक रुद्रसेन विश्वकर्माको नयाँ गीत ‘होली सररर’ सार्वजनिक

बर्दिवास (महोत्तरी) : गायक रुद्रसेन विश्वकर्माले महान पर्व होलीको अवसर पारेर आफ्नो नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । रुद्रसेन क्रिएशनको प्रस्तुति रहेको उक्त गीत विश्वकर्माको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गायक रुद्रसेनले ‘दियो भए’, ‘राम कसम’, ‘हाम्रो प्यारो नेपाल’, ‘हामी सबै नेपाली’, ‘दोषी को ?’, ‘हाँसेर बोलन मायालु’, ‘दिल दुखायौ तिमीले […]

चन्द्रागिरि नगरबाट फर्काइयो प्रशासकीय अधिकृत लामिछाने, मेयर गिरी आफ्नै अडानमा

  काठमाडौं । फागुन २२ गते बिहीबार चन्द्रागिरि नगरपालिकामा हाजिर हुन आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिइ फर्काइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चन्द्रागिरि नगरपालिकाका लागि फागुन १ गते सरुवा गरेका प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेलाई चन्द्रागिरि नगरपालिकामा हाजिर नगराइ फर्काइएको विषय अहिले सर्वत्र चासोको विषय बनेको छ । चन्द्रागिरि नगरपालिकाका तात्कालिन […]

काठमाडौंमा राजावादी गतिविधि बढ्न थालेपछि सरकारले निषेधाज्ञा जारी

काठमाडौं। राजधानी काठमाडौंमा राजावादी गतिविधि बढ्न थालेपछि सरकारले निषेधाज्ञा जारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले २ महिनाका लागि निषेधाज्ञा जारी गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नयाँबानेश्वर, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटार आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्। काठमाडौंमा राजावादीहरुको […]

प्रधानमन्त्रीबाट उप्रेतीको ‘मेरा अतीतका कथाहरु’ को लोकार्पण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरु’ को आज आयोजित कार्यक्रमबीच लोकार्पण गर्नुभएको छ । मकालु प्रकाशनद्वारा प्रकाशित सो पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले उप्रेती जस्तोसुकै परिस्थितिमा पनि देश र परिवर्तनप्रति खुलस्तरुपमा निष्ठापूर्णरुपमा लागेका व्यक्ति भएकाले उहाँका कृतिले नयाँ पुस्तालाई जागरणका लागि उपयोगी हुने विश्वास […]

प्याब्सनको १६ औं महाधिवेशन : निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गर्नुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको पनि सुनाउनुभयो । प्रधानमन्त्री […]

कांग्रेसद्वारा ‘मिसन रोजगारी’ अभियान सुरु

काठमाडौं : नेपाली कांग्रेसले मिसन रोजगार अभियान सुरु गरेको छ।  कांग्रेसले आइतबार औपचारिक रूपमा ‘हामी सक्छौं’ भन्ने मूलनारासहित ‘मिसन रोजगारी’ अभियान सुरु गरेको हो । केन्द्रीय कार्यालय सानेपामा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अभियानको संयुक्त रूपमा घोषणा गरे। मुलुकमा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्नका लागि रोजगारी अभियान सुरु गरेको महामन्त्री थापाले बताए। थापाले भने, ‘मुलुकभित्र […]

किर्तिपुरस्थित टीयु क्रीकेट मैदानको प्यारापिट बनाउने काम धमाध सुरु

किर्तिपुरस्थित टीयु क्रीकेट मैदानको प्यारापिट बनाउने काम धमाध सुरु भएको छ । फाल्गुन २० गते शुभ साइत गरेर प्रारम्भ गरिएको किर्तिपुरस्थित टीयु क्रीकेट मैदानको प्यारापिट बढाउन काम धमाधम भैरहेको छ । बिकेओआई(केसीडिसी) बिजि जेभिले टीयु मैदानको प्यारापिट बढाउने गरी ४३ करोड ७७ लाख ३० हजार मा ठेक्का पाएको थियो । उक्त जेभीले आज साइत हेरेर […]

वुमेन्स डे महिला टि-२० आई सिरिज : हङकङको सामना गर्दै नेपाल

काठमाडौँ । वुमेन्स डे महिला टि-२० आई सिरिज अन्तर्गत नेपालले सोमबार हङकङको सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार दिउँसो ४: ४५ बजेदेखि सुरु हुनेछ। यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ। त्यस्तै हङकङले पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ। अब नेपालले मार्च १२ मा […]