विज्ञापन
No data was found

'कांग्रेसद्वारा ‘मिसन रोजगारी’ अभियान सुरु'

काठमाडौं : नेपाली कांग्रेसले मिसन रोजगार अभियान सुरु गरेको छ।  कांग्रेसले आइतबार औपचारिक रूपमा ‘हामी सक्छौं’ भन्ने मूलनारासहित ‘मिसन रोजगारी’ अभियान सुरु गरेको हो ।

विज्ञापन

केन्द्रीय कार्यालय सानेपामा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अभियानको संयुक्त रूपमा घोषणा गरे। मुलुकमा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्नका लागि रोजगारी अभियान सुरु गरेको महामन्त्री थापाले बताए। थापाले भने, ‘मुलुकभित्र रोजगारी सिर्जना गर्न नीतिगत तहदेखि व्यावहारिक रूपमा पहल गर्छौं।’

विज्ञापन

श्रम बजारमा जाने ठूलो जनसंख्याले रोजगारी नपाएकाले यो राजनीतिक मुद्दा बन्नुपर्ने उनको तर्क छ। विज्ञहरूलाई समेत बोलाएर छलफल गर्दै अरू दललाई पनि यो मुद्दामा सामेल गराउने थापाले बताए। युवाहरू विदेश गए भनेर चिन्ता व्यक्त गरे पनि स्वदेशमा रोजगारी सिर्जना गरेर रोक्ने पहल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे। ‘ श्रमको उचित मूल्य नपाउँदा पनि समस्या भइरहेको छ। कानुन बनाउनेदेखि रोजगारदाताको अपेक्षाअनुसार जनशक्ति उत्पादन गर्न पहल गर्छौं।’ नेपाली बजारमा भएका जनशक्तिमध्ये ८१ प्रतिशतबिना सीपको न्यूनस्तरको श्रमशक्ति रहेको बताए।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌