विज्ञापन
No data was found

'गायक रुद्रसेन विश्वकर्माको नयाँ गीत ‘होली सररर’ सार्वजनिक'

विज्ञापन

बर्दिवास (महोत्तरी) : गायक रुद्रसेन विश्वकर्माले महान पर्व होलीको अवसर पारेर आफ्नो नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । रुद्रसेन क्रिएशनको प्रस्तुति रहेको उक्त गीत विश्वकर्माको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

विज्ञापन

गायक रुद्रसेनले ‘दियो भए’, ‘राम कसम’, ‘हाम्रो प्यारो नेपाल’, ‘हामी सबै नेपाली’, ‘दोषी को ?’, ‘हाँसेर बोलन मायालु’, ‘दिल दुखायौ तिमीले मेरो’, ‘आयो है तिहार’, ‘लभ करे दे’, ‘आबन बैठ भट्भटिया पs’, ‘कानो मे आहा के झुम्का’, ‘कत्त स एल्ही गोरी’, ‘दे दन प्यार गोरी’ जस्ता दर्जनौं नेपाली, मैथिली र भोजपुरी गीतमा आफ्नो स्वर भरिसकेका छन् ।

विज्ञापन

पछिल्लो होली गीत भने रुद्रसेनले चर्चित गायिका समीक्षा अधिकारीसँगको आवाजमा तयार पारेका हुन् । उक्त गीतमा संगीत तथा शब्द पनि रुद्रसेनकै रहेको छ । गीतलाई योगेश काजीले एरेञ्ज गरेका छन् भने गीतको निर्माताको रुपमा नीर कुमारी विश्वकर्मा (सविना) रहेकी छिन् ।

गीतको भिडियोमा चर्चित कलाकारहरू आर्यन सिग्देल, बिना राउत र रुद्रसेन विश्वकर्मा लगायतको आकर्षक अभिनय रहेको छ । भिडियोको छायांकन ओम प्रसाईले गरेका छन् भने सम्पादन तथा रङ संयोजन अमृत चापागाईंले गरेका छन् । गीतमा नृत्य निर्देशनको पाटो भने प्रदीप कुमार रसाइलीले सम्हालेका छन् ।

गीतको रेकर्डिङ तथा मिक्स-मास्टरीङ मनोज परियारले गरेका हुनभने गीतको रेकर्ड आफ्नो मन स्टुडियोमा गरिएको हो ।

होली पर्वलाई लक्षित गर्दै तयार पारिएको यो गीतले नेपाली दर्शक तथा श्रोतामाझ विशेष प्रभाव पार्ने अपेक्षा गरिएको छ । ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै गायक रुद्रसेन भन्छन्, “नायक आर्यन सिग्देलले अभिनय गरेको पहिलो होली गीत अनि आर्यन र बिनाजीको जोडीको बबाल डान्स त्यस्तै तराईको सबैलाई मनपर्ने महान पर्व होलीसम्बन्धी गीत भएकोले मलाई थाहा छ गीतले सम्पूर्ण नेपालीहरूको मन जित्नेछ ।” त्यस्तै यस पटकको होली आफ्नो नयाँ गीत ‘होली सररर’ मा नाच्दै झुम्दै मनाउन गायकले आग्रह पनि गरेका छन् ।

उक्त गीतलाई रुद्रसेन क्रिएसन प्रा.लि.को आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको छ । गीतले छोटो समयमै दर्शक तथा श्रोताहरूको राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ । गीत युट्युब लगायत स्पोटिफाइ, एप्पल म्युजिक लगायतका डिजिटल प्लेटफर्महरूमा पनि उपलब्ध छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌