विज्ञापन
No data was found

'प्रगतिशील लेखक संघ चन्द्रागिरि गठन'

 

विज्ञापन

काठमाडौं । चन्द्रागिरि नगरमा पनि “प्रगतिशील लेखक संघ गठन गरिएको छ ।

विज्ञापन

फागुन २४ गते प्रलेस केन्द्रीय अध्यक्ष डा. मधुसुदन गिरीको प्रमुख अतिथ्यतामा नैकापस्थित मुनाल क्लबमा आयोजित भेलाले ‘प्रगतिशील लेखक संघ चन्द्रागिरि’ गठन गरेको हो । सो भेलामा साहित्यकार प्रा. नरनाथ लुइँटेल, प्रा. अच्युत पराजुली, प्रा. सरिता पराजुली,प्रा.डा गोपीचन्द्र पौडेल, साहित्यकार ईश्वरचन्द्र ज्ञवाली लगायत चन्द्रागिरी क्षेत्रका कवि तथा लेखकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

भेलाले गोपीचन्द्र कार्कीको अध्यक्षतामा प्रारम्भिक ९ सदस्यीय कमिटी गठन गरेको छ भने बाँकी ६ जना पछि थप्नेगरी १५ सदस्यीय कमिटी बनाउने निर्णय समेत गरेको छ ।

ईश्वरचन्द्र ज्ञवाली, नरनाथ लुइँटेल, अच्युत पराजुली सहितको पदाधिकारी छनौट तथा घेाषणा समितिले गोपिचन्द्र कार्कीलाई अध्यक्ष, हरिनारायण सुवेदीलाई उपाध्यक्ष, सिर्जना ज्ञवालीलाई सचिव, किसन आलेमगरलाई सह-सचिव, राजु श्रेष्ठलाई कोषाध्यक्ष तथा सरिता पराजुली, राजु महत, तुलसीराम भण्डारी र शान्ति घिमिरेलाई सदस्यमा चयन गरेका थिए ।

नव गठित कार्य समितिका पदाधिकारीहरूलाई केन्द्रिय अध्यक्ष डा. मधुसुदन गिरीले सपथ ख्वाएका थिए भने कार्यक्रममा शुभकामना मन्तव्य प्रा. अच्युत पराजुली, प्रा.डा गेापीचन्द्र पौडेल, प्रा.नरनाथ लुइँटेल, साहित्यकार ईश्वरचन्द्र ज्ञवाली तथा प्रलेस प्रदेश कमिटीका अध्यक्ष प्रा. हरि सिलवालले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमको संयोजन तथा सभापतित्व गोपीचन्द्र कार्कीले गरेका थिए । त्यस्तै, कार्यक्रम सञ्चालन राजु महतले गरेका थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌