नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा सबै विरोधका कार्यक्रम स्थगित

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ तथा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आज शुक्रबारदेखि विरोधका सबै कार्यक्रमहरू स्थगित गरेका छन् । सुन, चाँदी तथा रत्न आभुषणको कारोबार तथा त्यसमा लाग्ने कर प्रणाली सम्बन्धमा अध्ययन गरी नीतिगत सुधारका लागि नेपाल सरकारलाई सिफारिस गर्न आज मिति २०८२ असार २६ का दिन अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौंमा बसेकोअर्थमन्त्रालय, […]

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्बको बजेट ल्याउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा निर्धारण गरेको छ।  महानगर प्रमुख बालेन्द्र शाहको अध्यक्षमा महानगरको कार्यालय काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको हो। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्बको बजेट ल्याउने भएको  छ। शुक्रबार बस्ने ४० औं नगरकार्यपालिका बैठकले नगरसभाको मिति […]

आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मनसुनको न्यून चापीय रेखा नेपाल नजिक सरेकाले वर्षाको मात्रा बढ्ने पूर्वानुमान गरिएको हो । महाशाखाका अनुसार शुक्रबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । यसैगरी, […]

काठमाडौंका मेयर र प्रशासकीय अधिकृतको टकराव अन्त्य, आज बस्दै कार्यपालिका बैठक

काठमाडौं । काठमाडौं  महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको लामो टकराव अन्त्य हुने देखिएको छ । गत पुस ८ गतेदेखि बस्न नसकेको कार्यपालिका बैठक आजका लागि बोलाइएको छ । विवाद समाधानका लागि बिहीबार प्रमुख शाह, उपप्रमुख सुनिता डंगोल र कार्यपालिका सदस्यहरूबीच भएको छलफलले बैठकको मार्गप्रशस्त गरेको हो । सहमतिअनुसार, प्रमुख […]

गभर्नर पौडेलको पहिलो मौद्रिक नीति आज : बैंकको लाइसेन्स खुलादेखि कर्जा प्रवाहमा सहजीकरणसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि बहुप्रतिक्षित मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । गभर्नर डा. विश्वनाथ पौडेलले दिउँसो १:३० बजे बालुवाटारस्थित राष्ट्र बैंकको नयाँ भवनबाट आफ्नो पहिलो मौद्रिक नीति सार्वजनिक गर्ने तय भएको हो । ‘उदार तथा विवेकशील नियमन’ को अवधारणालाई आत्मसाथ गर्दै बजारलाई चलायमान बनाउन केन्द्रित हुने यो मौद्रिक नीतिले एक दशकभन्दा […]

चन्द्रागिरिको किसिपिडीमा बत्ति मर्मत गर्ने क्रममा खसेर नवीन महर्जनको मृत्यु

काठमाडौँ । किसिपिडीमा बत्ति मर्मत गर्ने क्रममा करेन्ट लागेर ३६ वर्षीय नवीन महर्जनको मृत्यु भएको थानकोट प्रहरी वृत्तले जनाएको छ । चन्द्रागिरि नगरपालिका किसिपिडीमा बत्ती मर्मत गर्ने क्रममा स्थानीय ३६ बर्षीय नवीन महर्जन करेन्ट लागेर भुइँमा पछारिएको र उनलाई उपचार गर्न सशस्त्र प्रहरी अस्पताल सतुङलमा लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको र थप अनुसन्धान भइरहेको […]