काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मनसुनको न्यून चापीय रेखा नेपाल नजिक सरेकाले वर्षाको मात्रा बढ्ने पूर्वानुमान गरिएको हो ।
विज्ञापन
महाशाखाका अनुसार शुक्रबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । यसैगरी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका अधिकांश स्थानहरूमा तथा देशका बाँकी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
विज्ञापन
हाल देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।