विज्ञापन
No data was found

'गभर्नर पौडेलको पहिलो मौद्रिक नीति आज : बैंकको लाइसेन्स खुलादेखि कर्जा प्रवाहमा सहजीकरणसम्म'

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि बहुप्रतिक्षित मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । गभर्नर डा. विश्वनाथ पौडेलले दिउँसो १:३० बजे बालुवाटारस्थित राष्ट्र बैंकको नयाँ भवनबाट आफ्नो पहिलो मौद्रिक नीति सार्वजनिक गर्ने तय भएको हो ।

विज्ञापन

‘उदार तथा विवेकशील नियमन’ को अवधारणालाई आत्मसाथ गर्दै बजारलाई चलायमान बनाउन केन्द्रित हुने यो मौद्रिक नीतिले एक दशकभन्दा लामो समयदेखि रोकिएको वाणिज्य बैंकको नयाँ लाइसेन्स खुला गर्नेदेखि विवादास्पद चालु पुँजी कर्जा मार्गदर्शनको व्यापक संशोधनसम्मका महत्वपूर्ण घोषणाहरू गर्ने तयारी छ ।

विज्ञापन

मौद्रिक नीतिको सबैभन्दा उल्लेखनीय पक्षमध्ये एक, २०६७ सालदेखि बन्द रहेको वाणिज्य बैंकको नयाँ लाइसेन्स विभिन्न सर्तसहित खुला गरिनेछ । यसका साथै, विदेशी संयुक्त लगानीका बैंकहरूलाई हालको थोक बैंकिङबाट खुद्रा (रिटेल) बैंकिङमा समेत प्रवेश खुला गरिने भएको छ, जसका लागि चिनियाँ बैंकहरूले एक दशकदेखि प्रयास गर्दै आएका थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌