काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ तथा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आज शुक्रबारदेखि विरोधका सबै कार्यक्रमहरू स्थगित गरेका छन् ।
सुन, चाँदी तथा रत्न आभुषणको कारोबार तथा त्यसमा लाग्ने कर प्रणाली सम्बन्धमा अध्ययन गरी नीतिगत सुधारका लागि नेपाल सरकारलाई सिफारिस गर्न आज मिति २०८२ असार २६ का दिन अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौंमा बसेकोअर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग एवं भन्सार विभागका प्रतिनिधिहरु तथा नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ़ सघर्ष समितिका पदाधिकारीहरू बीच बसेको बैठकबाट व्यवसायीहरूको मागप्रति सरकारका तर्फबाट व्यवसायीहरूको माग सम्बोधन गर्नको लागि कार्यदल गठन गर्ने निर्णय भएसँगै सम्बद्ध महासंघहरूले विरोधका कार्यक्रमहरू स्थगित गरेका हुन् ।
गत जेठ १५ गते नेपाल सरकारले बजेट वक्तव्य मार्फत सुनमा लगाइएको विलासिता २ प्रतिशत कर तथा बहुमुल्य हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट हटाइनुपर्ने र सुनको भन्सार दर ६ प्रतिशत कायम गरिनुपर्ने साथै सुनचाँदीको कारोबारको लागि प्रष्ट नीति बनाउनुपर्ने माग राखेर असार ३ गतेदेखि आन्दोलन गरिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ लगायत सम्बद्ध पक्षले सरकारसँगको सहमतिपछि विरोधका सबै कार्यक्रमहरू स्थगित गरिएको चन्द्रागिरि सुनचाँदी व्यवसायी अनुगमन समितिका सदस्य तथा डि.बि. ज्वेलर्सका सञ्चालक देवेन्द्र लागुनले जानकारी दिएका छन् ।
सुन, चाँदी तथा रत्न आभुषणको कारोबार तथा त्यसमा लाग्ने कर प्रणाली सम्बन्धमा अध्ययनगरी नीतिगत सुधारका लागि नेपाल सरकारलाई सिफारिस गर्न असार २६ गते अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौंमा बसेकोअर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग एवं भन्सार विभागका प्रतिनिधिहरु तथा नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ़ सघर्ष समितिका पदाधिकारीहरू बीच बसेको बैठकबाट व्यवसायीहरूको मागप्रति सरकारका तर्फबाट व्यवसायीहरूको माग सम्बोधन गर्नको लागि कार्यदल गठन गर्ने निर्णय एवं विभिन्न विषयमा ६ बुँदे सहमति पश्चात् सुनचाँदी व्यवसायीहरूले पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमहरू रद्द गरेको सुनचाँदी, रत्न तथा आभुषण महासंघका महासचिव नीर बहादुर विश्वकर्माले बताएका छन् ।
