भण्डारीलाई एमालेका अधिकांश केन्द्रीय सदस्यहरूले भनेः पूर्वराष्ट्रपतिकै हैसियतमा बस्नुस्

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन नहुने धारणा पार्टीका केन्द्रीय कमिटीका नेताहरुले राखेको बताएका छन् । केन्द्रीय कमिटीको बैठकमा मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले केन्द्रीय कमिटीका अधिकांश सदस्यहरुले भण्डारीलाई पूर्वराष्ट्रपतिको हैसियतमै बस्न आग्रह गरेको बताए । प्रमुख सचेतक बर्तौलाले […]

नेपाल पब्लिक क्याम्पस संघले गरायो त्रिभुवन विश्वविद्यालयलाई ध्यानाकर्षण, नयाँ भर्ना सम्बन्धी कदम अमान्य

काठमाडौं । नेपाल पब्लिक क्याम्पस संघले त्रिभुवन विश्वविद्यालयद्वारा गरिएको नयाँ भर्ना सम्बन्धी कदमको विरोध गर्दै ध्यानाकर्षण गराएको छ । नेपाल पब्लिक क्याम्पस संघले त्रिभुवन विश्वविद्यालयद्वारा असार ५ गते प्रकाशित स्नातक तह प्रथम वर्षको वार्षिक सेमेस्टर प्रणाली अन्तर्गतको भर्ना कार्यक्रम सम्बन्धमा विरोध गर्दै त्रि.वि.लाई ध्यानाकर्षण गराएको हो । नेपाल पब्लिक क्याम्पस संघ र त्रि.वि.का पदाधिकारीहरूसँग सम्बन्धन […]

दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । ठमेलबाट दुई किलो सुन र २४ लाख रुपैयाँ नगदसहित दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् । ठमेलको ज्याठास्थित एक होटेलबाट उनीहरू पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा उनीहरू पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिए । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेहरूमा चुनलिङ र […]

अध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष  र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अध्यक्ष हिरा थोकर र प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीविरुद्ध आयोगमा उजुरी दर्ता भएको हो । गाउँपालिकाको भवन निर्माणमा ठेकेदारसँग मिलेर उनीहरूले भ्रष्टाचार गरेको उजुरकर्ताको आरोप छ । असार २६ मा दर्ता भएको उजुरीको दर्ता नम्बर सी–०८३०२९ […]

चन्द्रागिरि नगरपालिकाद्वारा सबै सहकारी संस्थाहरूलाई लेखापरीक्षण तथा साधारण सभा गर्न आव्हान

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नगरभित्र संचालनमा रहेका सबै सहकारी संस्थाहरूलाई समयमै लेखापरीक्षण तथा साधारण सभा गर्न आव्हान गरेको छ । सहकारी ऐन, २०७४ को दफा ७५ को उपदफा १ र चन्द्रागिरि नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ५४ को उपदफा १ को प्रावधान अनुरूप सहकारी संस्थाहरुले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण सो आर्थिक वर्ष समाप्त भएको […]

“मदन पुरस्कार” २०८१ का लागि ७ पुस्तक छनौट

काठमाडौं । मदन पुरस्कार २०८१ का लागि विभिन्न विधाका ७ पुस्तक छनौट गरिएको छ । नेपालकै चर्चित र सम्मानित पुरस्कारको रूपमा मानिएको “मदन पुरस्कार”का लागि २०८१ अन्तर्गत विभिन्न विधाका ७ पुस्तक छनौट गरिएको हो । मदन पुरस्कार गुठीले दिएको जानकारी अनुसार “मदन पुरस्कार २०८१” का लागि छुदेन काविमोको “उरमाल”, रमेश भुसालको “छालबाटो : कैलाशदेखि गङ्गासम्म”, […]

वैदेशिक रोजगारीको लागि ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको लागि ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि ग्रीस लैजाने भन्दै लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्क विहीन भएका धादिङ जिल्ला नेत्रावती गाउँपालिका वडा नं ५ स्थायी घर भइ हाल भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका वडा नं ९ बस्दै […]

आज ४३औं बिपी स्मृति दिवस मनाइँदै

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औं स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको […]