काठमाडौँ । वैदेशिक रोजगारीको लागि ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
विज्ञापन
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि ग्रीस लैजाने भन्दै लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्क विहीन भएका धादिङ जिल्ला नेत्रावती गाउँपालिका वडा नं ५ स्थायी घर भइ हाल भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका वडा नं ९ बस्दै आएका २९ वर्षीय सुदिप सापकोटालाई पक्राउ गरि थप अनुसन्धानका तथा कार्वाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।
विज्ञापन
पीडितले दिएको जाहेरी दरखास्तको आधारमा अनुसन्धानका क्रममा निज सापकोटालाई काठमाडौं महानगरपालिका वडा नं १५ बाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अंगुर जि.सी.ले जानकारी दिएका छन् ।