विज्ञापन
No data was found

'चन्द्रागिरि नगरपालिकाद्वारा सबै सहकारी संस्थाहरूलाई लेखापरीक्षण तथा साधारण सभा गर्न आव्हान'

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नगरभित्र संचालनमा रहेका सबै सहकारी संस्थाहरूलाई समयमै लेखापरीक्षण तथा साधारण सभा गर्न आव्हान गरेको छ ।

विज्ञापन

सहकारी ऐन, २०७४ को दफा ७५ को उपदफा १ र चन्द्रागिरि नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ५४ को उपदफा १ को प्रावधान अनुरूप सहकारी संस्थाहरुले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण सो आर्थिक वर्ष समाप्त भएको मितिले ३ (तीन) महिना भित्र प्रचलित कानून बमोजिम इजाजत प्राप्त लेखापरीक्षकद्वारा गराउनु पर्ने कानूनी व्यवस्था रहेकोले चन्द्रागिरि नगरपालिकाको नियमन क्षेत्रभित्र पर्ने सम्पूर्ण सहकारी संस्थाहरूलाई सोहि बमोजिम लेखापरीक्षण गराई तोकिएको समयभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

विज्ञापन

त्यस्तै, सहकारी ऐन, २०७४ को दफा ३९ को उपदफा २ र चन्द्रागिरि नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा २८ को उपदफा २ बमोजिम सहकारी संस्थाका संचालक समितिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ (छ) महिनाभित्र वार्षिक साधारण सभा बोलाउनु पर्ने कानूनी व्यवस्था रहेकोले चन्द्रागिरि नगरपालिकाको नियमन क्षेत्रभित्र पर्ने सम्पूर्ण सहकारी संस्थाहरूले सोहि बमोजिम आफ्नो संस्थाको वार्षिक साधारण सभा सम्पन्न गरि तोकिएको समयभित्र चन्द्रागिरि नगर कार्यालयमा प्रतिवेदन पेश गर्न भनिएको छ ।

साथै, तोकिएको समयभित्र प्रतिवेदन पेश नगरेमा चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन, २०८२ को अनुसूची ११ को (ख) बमोजिम जरिवाना गरिने बताइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌