काठमाडौं । मदन पुरस्कार २०८१ का लागि विभिन्न विधाका ७ पुस्तक छनौट गरिएको छ ।
विज्ञापन
नेपालकै चर्चित र सम्मानित पुरस्कारको रूपमा मानिएको “मदन पुरस्कार”का लागि २०८१ अन्तर्गत विभिन्न विधाका ७ पुस्तक छनौट गरिएको हो ।
विज्ञापन
मदन पुरस्कार गुठीले दिएको जानकारी अनुसार “मदन पुरस्कार २०८१” का लागि छुदेन काविमोको “उरमाल”, रमेश भुसालको “छालबाटो : कैलाशदेखि गङ्गासम्म”, कुमारी लामाको “दर्ज्यु संलाप”, मनप्रसाद सुब्बाको “पञ्चतत्त्वको पालाम”, श्रेयज सुवेदीको “बहुरुपी” सुधीर शर्माको “भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट-चीन सम्बन्ध र भारत)”, तथा तीर्थ श्रेष्ठको “हिउँको गीत” छनौट गरिएको हो ।
मदन पुरस्कारका लागि गुठीलाई प्राप्त भएका कूल २९९ पुस्तक मध्ये अन्तिम ७ को सूचीमा उल्लेखित पुस्तकहरू छनौट गरिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका हुन् ।