काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन नहुने धारणा पार्टीका केन्द्रीय कमिटीका नेताहरुले राखेको बताएका छन् ।
विज्ञापन
केन्द्रीय कमिटीको बैठकमा मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
विज्ञापन
उनले केन्द्रीय कमिटीका अधिकांश सदस्यहरुले भण्डारीलाई पूर्वराष्ट्रपतिको हैसियतमै बस्न आग्रह गरेको बताए ।
प्रमुख सचेतक बर्तौलाले आज नै बैठक समापन गर्ने तयारी भइरहेको बताए ।