कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं । नेपाली कांग्रेस लामो समयदेखिको आन्तरिक द्वन्द्वपछि अन्ततः विभाजित भएको छ । विभाजित नेपाली काङ्ग्रेसका दुवै समूह बुधबार साँझ निर्वाचन आयोगमा पुगेका छन् सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाहरू निर्वाचन आयोग पुगेका हुन् । देउवा पक्षले महामन्त्रीद्वय थापा र शर्मा तथा सह-महामन्त्री फरमुल्लाह मनसुरलाई कारबाही गरिएको […]

गगन र विश्वलाई देउवा पक्षले गर्यो ५ वर्षको कारबाही

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहममन्त्री फर्मुला मनसुर लगायतलाई पार्टीबाट निष्काशनको घोषणा गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ निष्काशनको घोषणा गरेको हो । बैठकले उनीहरुलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको छ ।

“चित्लाङ गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेल माघ २ गते हुने

काठमाडाैं । चित्लाङ गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेल माघ २ गते हुने भएको छ । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं ९ चित्लाङलाई खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनसँग जोड्ने उद्देश्यले “चित्लाङ गोल्डकप फुटबल प्रतियोगिता” को आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । चित्लाङ खेलकुद विकास समितिको आयोजना तथा थाहा नगरपालिका वडा नं ९ वडा कार्लयको सहकार्यमा […]

पार्टी टिकटमा भएको हस्ताक्षर फिर्ता लिन्छु, तर कांग्रेस फुट्नु हुँदैन : कांग्रेस सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू जस्तोसुकै लचक हुन पनि तयार रहेको बताएका छन्। बुधबार आफ्नै निवासमा विशेष महाधिवेशनका सन्दर्भमा पार्टीभित्रदेखिको विवादका विषयमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको टोलीसँगको छलफलमा सभापति देउवाले पार्टीलाई एकताबद्ध भएर अघि बढाउनुपर्ने भन्दै यसका लागि आफू जस्तोसुकै लचक हुन पनि तयार रहेको बताएको कांग्रेस […]

सहमतिका लागि विशेष महाधिवेशन पक्षधरले पठायो ८ बुँदे प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएको छ । आज विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई  सो प्रस्ताव पठाइएको हो । आज बिहान ८  बुँदे पठाइएको वार्ता समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । यस्ता छन् प्रस्ताव- विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने प्रधानमन्त्रीको उम्मेदवार तय गरेर […]

सुरक्षा गार्डको हात काटेर सिन्धुलीको नेपाल एसबिआई बैंक लुटियो

काठमाडौं । सुरक्षा गार्डको हात काटेर सिन्धुली, घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंक लुटिएको छ । स्थानीय प्रहरीका अनुसार हिजो बेलुकी ६:३० बजेतिर लुटेराहरू आएर गार्डलाई सुरुमा आक्रमण गरेको र गार्डले रोक्न खोज्दा उनको हात काटिदिएको साथै, पेस्तोल र खुकुरी देखाएर नियन्त्रणमा लिई बैंक लुटिएको हो । सिन्धुली गाउँपालिकाको भवनमा रहेको नेपाल एसबिआई बैंकको शाखाबाट […]

चन्द्रागिरि नगरपालिका वडा नं १५ का जेष्ठ नागरिकहरू बीच परस्पर स्नेह साटासाट

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वडा नं १५ मा स्थायी बसोबास गर्ने ज्येष्ठ नागरिकहरूले परस्पर स्नेह साटासाट गरेका छन् । विष्णुदेवी मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा सबैभन्दा बढी उमेरका महिला र पुरुष जेष्ठ नागरिक १-१ जनालाई विशेष सम्मान गरिएको थियो । साथै, सामान्य स्वास्थ्य परिक्षण र दिवा खाजासमेत ख्वाइएको थियो । ज्येष्ठ नागरिकहरूलाई मायाको चिनो तथा […]