विज्ञापन
No data was found

'“चित्लाङ गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेल माघ २ गते हुने'

काठमाडाैं । चित्लाङ गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेल माघ २ गते हुने भएको छ ।

विज्ञापन

मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं ९ चित्लाङलाई खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनसँग जोड्ने उद्देश्यले “चित्लाङ गोल्डकप फुटबल प्रतियोगिता” को आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

विज्ञापन

चित्लाङ खेलकुद विकास समितिको आयोजना तथा थाहा नगरपालिका वडा नं ९ वडा कार्लयको सहकार्यमा पौष २७ गतेदेखि भइरहेको “चित्लाङ गोल्डकप फुटबल प्रतियोगिता” अन्तर्गत जम्मा २३ ओटा प्रतियोगी टिमको सहभागिता रहेको थियो ।

थाहा नगरपालिकाको उप-प्रमुख भरत गोपालीद्वारा उट्घाटन गरिएको उक्त प्रतियोगिता माघ २ गते समापन गरिने राजेन्द्र बलामीले जानकारी दिएका छन् ।

“चित्लाङ गोल्डकप फुटबल प्रतियोगिता” मा प्रथम हुने टिमले नगद १ लाख रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुने टिमले नगद ५० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत