काठमाडौं । नेपाली कांग्रेस लामो समयदेखिको आन्तरिक द्वन्द्वपछि अन्ततः विभाजित भएको छ ।
विज्ञापन
विभाजित नेपाली काङ्ग्रेसका दुवै समूह बुधबार साँझ निर्वाचन आयोगमा पुगेका छन्
विज्ञापन
सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाहरू निर्वाचन आयोग पुगेका हुन् ।
देउवा पक्षले महामन्त्रीद्वय थापा र शर्मा तथा सह-महामन्त्री फरमुल्लाह मनसुरलाई कारबाही गरिएको जानकारी अद्यावधिक गराउने पत्र लिएर पुगेको छ ।
उता विशेष महाधिवेशन पक्ष देउवा नेतृत्वले दाबी गरेको केन्द्रीय कार्यसमिति आधिकारिक नभएको भन्दै पत्र लिएर पुगेको हो ।
दुवै पक्षले लिएर गएको पत्र अहिले आयोगले अध्ययन गरिरहेको प्रवक्ता नारायणप्रसाद भट्टराईले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।