कृषि विकास बैंकको ५९ औं वार्षिकोत्सव: आन्तरिक ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सम्पन्न

काठमाण्डौ। कृषि विकास बैंक लिमिटेड ५९औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेको आन्तरिक राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। यही वैशाख ६ र ७ गते भक्तपुरस्थित सूर्यविनायक ब्याडमिन्टन समाजको कभर्ड हलमा आयोजित प्रतियोगितामा बैंकका देशभरका शाखाहरूबाट खेलाडी कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा पुरुष सिंगल्सतर्फ टक्कर कुँवर र महिला सिंगल्सतर्फ प्रतिक्षा नेपालले उपाधि चुम्न सफल भए। महिला […]

पाँचौं ब्राइट फ्युचर एसईई कप फुटसल २०८३’ बैशाख १८ देखि

काठमाडाैं । ब्राइट फ्युचर सेकेण्डरी स्कूल तथा कलेजको आयोजनामा पाँचौ ब्राइट फ्युचर एसईई कप फुटसल-२०८३’ आयोजना हुने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ स्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलको खेल मैदानमा यही बैशाख १८ देखि १९ गतेसम्म आयोजना हुनेछ । उक्त फुटसल प्रतियोगिताको विजेताले ३५ हजारका साथै पूर्ण छात्रवृद्धि पाउने छन् भने उप(विजेताले २० […]

सरकारी कार्यालय प्रमुखलाई फोन उठाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी मोबाइल कार्यालय समयमा अनिवार्य उठाउन सबै कार्यालय प्रमुख र प्रवक्तालाई निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग र सचिवालय, सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई आज (सोमबार) परिपत्र गरेर विवरण अद्यावधिक गर्न तथा सर्वसाधरणका गुनासो सम्बोधन गर्न निर्देशन दिएको हो। कार्यालय प्रमुख, प्रवक्ता र […]

नयाँ बसपार्कबाट मात्र लामो तथा छोटो दुरीका बस सञ्चालन गर्न पाउने

काठमाडौँ :  सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न तीन दिनको अन्तिम समयसीमा दिएको छ । गत चैत २५ गते नै लामो तथा छोटो दुरीका बस बसपार्कभित्रबाट सञ्चालन गर्न सूचना जारी गरिए पनि केही व्यवसायीले त्यसको अवज्ञा गरेपछि महानगरले अन्तिम पटक कडाइ गरेको हो । कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा नुवाकोटतर्फ चल्ने कम्पनीहरू सम्पर्कमा […]

बालबालिकालाई अतिरिक्त बोझ हुने पाठ्यपुस्तक प्रयोग र विद्यालय परिसरभित्रै पोसाक तथा स्टेशनरी बिक्री नगर्न निर्देशन

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालयहरूमा सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न र विद्यालय परिसरभित्रै पोसाक तथा स्टेशनरी बिक्री नगर्न निर्देशन दिएको छ । केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गर्दै यस विषयमा तत्काल अनुगमन गरी कारबाही अघि बढाउन निर्देशन दिएको हो । […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने

काठमाडौं । पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ कार्यका लागि राति ११ः४५ देखि बिहान ६ः३० बजेसम्म विमानस्थलको उडान तथा अवतरण बन्द हुनेछ । विमानस्थलको धावनमार्गको छेउमा रहेको ट्याक्सीवेमा निर्माण जारी […]