काठमाण्डौ। कृषि विकास बैंक लिमिटेड ५९औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेको आन्तरिक राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।
यही वैशाख ६ र ७ गते भक्तपुरस्थित सूर्यविनायक ब्याडमिन्टन समाजको कभर्ड हलमा आयोजित प्रतियोगितामा बैंकका देशभरका शाखाहरूबाट खेलाडी कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा पुरुष सिंगल्सतर्फ टक्कर कुँवर र महिला सिंगल्सतर्फ प्रतिक्षा नेपालले उपाधि चुम्न सफल भए।
महिला सिंगल्स प्रथम, प्रतिक्षा नेपाल द्वितीय, दीपिका राई र उषा मल्ल तृतीय र प्रिया गुप्ता पुरुष सिंगल्स प्रथम टक्कर कुँवर द्वितीय, राज कुमार निरौला र विनय कुमार पाण्डेय तृतीय भएका छन् । त्यस्तै, विजय जोजिजु पुरुष डबल्स प्रथम, राज कुमार निरौला र विनय कुमार पाण्डेय द्वितीय, टक्कर कुँवर र मनोज काफ्ले तृतीय, विजय जोजिजु र रमन राई तथा बसन्त थापा र संजय राज श्रेष्ठ ४५+ (भेट्रान्स डबल्स) प्रथम, सञ्जय श्रेष्ठ र रमेश के. अर्याल द्वितीय, घनश्याम श्रेष्ठ र दीर्घ जंग लिम्बु तृतीय, बासुदेव गिरी र बलबहादुर साउद तथा तुल्सी सुवेदी र रोशन लिम्बु रोमाञ्चक फाइनल खेलपश्चात् आयोजित भव्य समापन तथा पुरस्कार वितरण समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुङज्यूको प्रमुख आतिथ्यता रहेको थियो।