विज्ञापन

'सरकारी कार्यालय प्रमुखलाई फोन उठाउन प्रधानमन्त्री कार्यालयको निर्देशन'

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी मोबाइल कार्यालय समयमा अनिवार्य उठाउन सबै कार्यालय प्रमुख र प्रवक्तालाई निर्देशन दिएको छ।

विज्ञापन

कार्यालयले सबै मन्त्रालय, आयोग र सचिवालय, सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई आज (सोमबार) परिपत्र गरेर विवरण अद्यावधिक गर्न तथा सर्वसाधरणका गुनासो सम्बोधन गर्न निर्देशन दिएको हो।

विज्ञापन

कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीले कार्यालयको मोबाइल फोन अनिवार्य रूपमा कार्यालय समयभरि सञ्चालनमा राखी नागरिक तथा सेवाग्राहीले माग गरेका सूचना तथा गुनासोको तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

कृषि विकास बैंकको ५९ औं वार्षिकोत्सव: आन्तरिक ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सम्पन्न

पाँचौं ब्राइट फ्युचर एसईई कप फुटसल २०८३’ बैशाख १८ देखि

नयाँ बसपार्कबाट मात्र लामो तथा छोटो दुरीका बस सञ्चालन गर्न पाउने

बालबालिकालाई अतिरिक्त बोझ हुने पाठ्यपुस्तक प्रयोग र विद्यालय परिसरभित्रै पोसाक तथा स्टेशनरी बिक्री नगर्न निर्देशन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने

कांग्रेस संसदीय दलको नेताका लागि ११ वैशाखमा निर्वाचन

शैक्षिक संस्थाहरूमा विद्यार्थी र कर्मचारी संगठन हटाउने निर्णय कार्यान्वयन गर्नू : बालेन

भूपदेव शाह बने रास्वपाको महामन्त्री