चन्द्रागिरि पत्रकार संघद्वारा पत्रकार श्रेष्ठका दिवंगत पिताप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडाैं । चन्द्रागिरि पत्रकार संघले आफ्ना सदस्य तथा पत्रकार अखबर श्रेष्ठलाई परेको पितृशोकप्रति गहिरो समवेदना व्यक्त गर्दै उनका पिता आनन्दमान श्रेष्ठप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । चन्द्रागिरि पत्रकार संघका पदाधिकारीहरूले बिहीबार चन्द्रागिरि नगरपालिका वडा नं १० सतुंगलस्थित श्रेष्ठको निवासमा पुगेर दिवंगत आनन्दमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेको हो । श्रद्धाञ्जली कार्यक्रममा उपस्थित पत्रकार तथा संघका पदाधिकारीहरूले […]
राष्ट्रिय स्वतन्त्र पार्टी, चन्द्रागिरि नगर समितिको विशेष बैठक सम्पन्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिको विशेष बैठक सम्पन्न गरिएको छ । वैशाख १६ गते सम्पन्न विशेष बैठकले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड र छनौट विधि, सिफारिस, वडा तहसम्म संगठन सुदृढीकरण र आगामी नगर अधिवेशनको तयारी गर्ने जस्ता महत्वपूर्ण निर्णयहरू गरेको थियो । बैठकले गरेका मुख्य निर्णयहरूमा उम्मेदवार छनौट विधि र […]
मन्त्री बिन्दु श्रेष्ठको दौडधुप, उद्योग सम्बन्धि बजेट निर्माणका लागि जिल्ला, जिल्लामा अन्तर्कृया कार्यक्रम

काठमाडाैं । आगामी आर्थिक वर्षमा उद्योग क्षेत्रमा आवश्यक बजेट निर्माण सम्बन्धमा बागमति प्रदेशका उद्योगमन्त्री विन्दु श्रेष्ठ आफैं जिल्ला जिल्लामा पुगिरहेकी छिन् । औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार“ भन्ने मुल नारासहित आगामी आ.व २०८३-०८४ को उद्योग सम्बन्धि बजेट निर्माण गर्न पूर्व तयारी स्वरूप नुवाकोट र रसुवामा अन्तक्रिया कार्यक्रम गरिएको छ । उद्योग तथा बाणिज्य […]
त्रिभुवन विश्वविद्यालयका तीनै शीर्ष पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीनै जना शीर्ष पदाधिकारीले सामूहिक रूपमा राजीनामा दिएका छन् । बिहीबार उपकुलपति प्रा. डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले पदबाट राजीनामा दिएका हुन् । शिक्षाध्यक्ष केसीका अनुसार उनीहरूले सरकारको आह्वानअनुसार सामूहिक रूपमा राजीनामा बुझाएका हुन् । सरकारले यसअघि राजनीतिक नियुक्तिहरू पुनरावलोकन गर्ने […]
सम्पत्ति छानविन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने

काठमाडौं । सम्पत्ति छानविन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने भएकाे छ । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय सम्पती छानबिन आयोगले काम अघि बढाउन बाटो खुलेको छ । आयोगलाई काम अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्यदेश दिएको हो । कार्यदेशअनुसार सार्वजनिक पदमा रहेका तथा […]