विज्ञापन

'मन्त्री बिन्दु श्रेष्ठको दौडधुप, उद्योग सम्बन्धि बजेट निर्माणका लागि जिल्ला, जिल्लामा अन्तर्कृया कार्यक्रम'

काठमाडाैं । आगामी आर्थिक वर्षमा उद्योग क्षेत्रमा आवश्यक बजेट निर्माण सम्बन्धमा बागमति प्रदेशका उद्योगमन्त्री विन्दु श्रेष्ठ आफैं जिल्ला जिल्लामा पुगिरहेकी छिन् ।

विज्ञापन

औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार“ भन्ने मुल नारासहित आगामी आ.व २०८३-०८४ को उद्योग सम्बन्धि बजेट निर्माण गर्न पूर्व तयारी स्वरूप नुवाकोट र रसुवामा अन्तक्रिया कार्यक्रम गरिएको छ । उद्योग तथा बाणिज्य कार्यालयको आयोजनामा दुवै जिल्लामा भएको कार्यक्रममा बागमति प्रदेशका उद्योगमन्त्री विन्दु श्रेष्ठ आफैं पुगेकी हुन् ।

विज्ञापन

बागमति प्रदेशको उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले अबदेखि उद्योग अन्तर्गतका व्यवसायहरूलाईसमेत सरलीकरण गरिने बताइन् । उनले प्रविधि र आधुनिकताको सदुपयोग गरि अनलाइनमार्फत उद्योग, व्यवसाय सम्बन्धि सबै कार्य सुरु गरिने बताइन् । “अनलाइनमार्फत उद्योग अनुमति, कागजपत्र प्रविष्टि तथा आवश्यक विवरण भर्न सक्ने प्रविधिको विकास गरिने” मन्त्री श्रेष्ठले बताइन् ।

आर्थिक वर्ष २०८३-०८४ को बजेट पुर्वतयारी तथा अन्तर्कृया अन्तर्गत नुवाकोटमा सम्पन्न कार्यक्रममा उद्योग तथा बाणिज्य कार्यालय नुवाकोटका प्रमुख सीताराम घिमिरेको अध्यक्षता रहेको थियो भने कार्यक्रममा नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष शरणउत्सुक सापकोटा, वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, चेम्बर अफ कमर्सका अध्यक्ष कविन्द्रमान प्रधानले साना उद्यो्गी तथा व्यवसायीलाई लक्षित गरि बजेट ल्याउनुपर्ने बताएका थिए ।

सोही कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्रबहादुर पण्डित, लघु उद्यमी महासंघकी गीता थापा, तयारी उद्योग पोशाक संघकी शान्ति प्रधान, लायन्स सेवा केन्द्रका अध्यक्ष श्रीकृष्ण रिजाल लगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूले स्वरोजगार तथा व्यवसायजन्य उद्योगहरूको प्रवर्द्धनका लागि बजेट तथा कार्यक्रम ल्याउनुपर्ने बताएका थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

चन्द्रागिरि पत्रकार संघद्वारा पत्रकार श्रेष्ठका दिवंगत पिताप्रति श्रद्धाञ्जलि व्यक्त

​राष्ट्रिय स्वतन्त्र पार्टी, चन्द्रागिरि नगर समितिको विशेष बैठक सम्पन्न

त्रिभुवन विश्वविद्यालयका तीनै शीर्ष पदाधिकारीले दिए सामूहिक राजीनामा

सम्पत्ति छानविन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने

उपभोक्ता समिति मार्फत हुने योजनाको सम्झौता वैशाख मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने

अध्यादेशमा विपक्षी ४ दलको ४ बुँदे माग, राष्ट्रपतिलाई दबाब

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ : आज कीर्तिपुर मैदानमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै