काठमाडाैं । चन्द्रागिरि पत्रकार संघले आफ्ना सदस्य तथा पत्रकार अखबर श्रेष्ठलाई परेको पितृशोकप्रति गहिरो समवेदना व्यक्त गर्दै उनका पिता आनन्दमान श्रेष्ठप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
चन्द्रागिरि पत्रकार संघका पदाधिकारीहरूले बिहीबार चन्द्रागिरि नगरपालिका वडा नं १० सतुंगलस्थित श्रेष्ठको निवासमा पुगेर दिवंगत आनन्दमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।
श्रद्धाञ्जली कार्यक्रममा उपस्थित पत्रकार तथा संघका पदाधिकारीहरूले स्वर्गीय श्रेष्ठप्रति श्रद्धासुमन अर्पण गर्दै उनको आत्माको चीरशान्तिको कामना गरेका थिए । साथै, शोकको कठिन घडीमा परिवारजनमा समवेदना समेत व्यक्त गरेका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा पत्रकार संघका अध्यक्ष श्याम बलामीले शोकलाई शक्तिमा बदल्दै आफ्नो पेशागत जिम्मेवारीमा निरन्तर लागिरहन पत्रकार अखबर श्रेष्ठलाई प्रेरित गरेका थिए ।
श्रद्धाञ्जलि कार्यक्रममा चन्द्रागिरि पत्रकार संघका उपाध्यक्ष विनोद लामिछाने, कोषाध्यक्ष गोपाल पाठक, सदस्यहरू सञ्जयदेव महर्जन, नेशन श्रेष्ठ, आवर न्युज क्रिउका ज्ञानेन्द्र महत लगायतले स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पितृशोकमा रहेका श्रेष्ठ परिवारप्रति समवेदना व्यक्त गरेका थिए ।
केहि समयदेखि कलेजो रोगको समस्या भोगिरहेका स्वर्गीय आनन्दमान श्रेष्ठको ६२ वर्षको उमेरमा वैशाख १२ गते शनिबार उपचारका क्रममा सशस्त्र प्रहरी अस्पताल सतुंगलमा निधन भएको थियो ।