शंखमुल र बुद्धनगर क्षेत्रका अनधिकृत संरचनामाथि चलायो डोजर

काठमाडौं । सरकारले काठमाडौंको शंखमुल तथा बुद्धनगर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत घर–टहराहरू हटाउन शुरु गरेको छ । शंखमुल र बुद्धनगरका विभिन्न स्थानमा मापदण्डविपरीत र विना अनुमति निर्माण गरिएका भौतिक संरचनाहरूलाई सरकारी टोलीले भत्काएको छ । सरकारले डोजर लगाएर संरचना भत्काउन थालेपछि सो क्षेत्रका स्थानीयहरूले आफ्नो घर र जग्गाको वैधानिकता पुष्टि गर्न प्रयास […]

पाचौं ब्राइट फ्युचर एसइई कप फुटसल प्रतियोगिता सुरु

काठमाडाैं । ब्राइट फ्युचर एसइई कप फुटसल प्रतियोगिता अन्तर्गतको पाचौं शृङ्खला सुरु भएकाे छ । चन्द्रागिरि नगरपालिकाको अग्रणी शैक्षिक संस्था ब्राइट फ्यूचर माध्यमिक विद्यालयले आयोजना गरेको एसइई कप फुटसल प्रतियोगिता विद्यालयकै प्राङ्गणमा रहेको खेलकुद परिसरमा प्रारम्भ गरिएको छ । कुल ८ ओटा समूहले भाग लिएको पाचौं फुटसल प्रतियोगिताको पहिलो खेल सनसाइन र रिब्स स्कुलबीच सम्पन्न […]

आज २५७०औं बुद्ध जयन्ती, चन्द्रागिरिमा विशेष कार्यक्रम

काठमाडौं । आज २५७०औँ बुद्ध जयन्ती मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा आज […]

अतिक्रमित संरचना हटाउन गृहको कडा निर्देशन: सुरक्षा प्रबन्ध मिलाउन देशभरका सीडीओलाई परिपत्र

काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई विशेष परिपत्र जारी गर्दै अवैध रूपमा निर्माण गरिएका संरचनाहरू भत्काउन देशभरका सीडीओलाई परिपत्र जारी गरेकाे छ । गृह मन्त्रालयको यो निर्देशनले विशेषगरी स्थानीय तहहरूले सुरु गरेको अतिक्रमण हटाउने अभियानलाई थप प्रशासनिक र सुरक्षा बल प्रदान गर्ने देखिएको छ। मन्त्रालयले पठाएको पत्रमा स्थानीय प्रशासनलाई स्थानीय तहसँग […]

चन्द्रागिरि नगरपालिका वडा नं १० द्वारा कफी तालिम सम्पन्न

काठमाडाैं । चन्द्रागिरि नगरपालिका वडा नं १० को आयोजना तथा युवांस हस्पिटालिटी ट्रेनिङ सेन्टरको सहकार्यमा सञ्चालन गरिएको १० दिने बारिस्ता तालिम सम्पन्न गरिएको छ । १० दिने कफी तालिममा सहभागी २७ जना प्रशिक्षार्थीहरूलाई एक कार्यक्रमको आयोजना गरि बागमती प्रदेश उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री विन्दु श्रेष्ठको प्रमुख आतिथ्यता, चन्द्रागिरि नगरका उपप्रमुख बसन्ती श्रेष्ठ, पूर्व उपसचिव जयराम […]