काठमाडाैं । चन्द्रागिरि नगरपालिका वडा नं १० को आयोजना तथा युवांस हस्पिटालिटी ट्रेनिङ सेन्टरको सहकार्यमा सञ्चालन गरिएको १० दिने बारिस्ता तालिम सम्पन्न गरिएको छ ।
१० दिने कफी तालिममा सहभागी २७ जना प्रशिक्षार्थीहरूलाई एक कार्यक्रमको आयोजना गरि बागमती प्रदेश उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री विन्दु श्रेष्ठको प्रमुख आतिथ्यता, चन्द्रागिरि नगरका उपप्रमुख बसन्ती श्रेष्ठ, पूर्व उपसचिव जयराम श्रेष्ठको विशेष आतिथ्यता तथा वडा नं १० का वडाध्यक्ष शिव कुमार महर्जनको सभाध्यक्षतामा प्रमाणपत्र वितरण गरिएको थियो ।
सीपमा आधारित युवा रोजगारी सृजना गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको कफी तालिममा सहभागीहरूलाई आगामी दिनमा एड्भान्स बारिस्ता तथा बेकरी तालिम प्रदान गर्ने, साथै क्याफे, कफीशप स्थापना गर्न इच्छुक युवाहरूलाई नगर तथा प्रदेशबाट उपलब्ध हुने अनुदान र सहजीकरणका लागि पहल गर्ने अध्यक्ष शिवकुमार महर्जनले प्रतिबद्धता व्यक्त गरेका थिए ।