काठमाडौं । सरकारले काठमाडौंको शंखमुल तथा बुद्धनगर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत घर–टहराहरू हटाउन शुरु गरेको छ ।
विज्ञापन
शंखमुल र बुद्धनगरका विभिन्न स्थानमा मापदण्डविपरीत र विना अनुमति निर्माण गरिएका भौतिक संरचनाहरूलाई सरकारी टोलीले भत्काएको छ ।
विज्ञापन
सरकारले डोजर लगाएर संरचना भत्काउन थालेपछि सो क्षेत्रका स्थानीयहरूले आफ्नो घर र जग्गाको वैधानिकता पुष्टि गर्न प्रयास गरेका छन् ।
यस क्रममा जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) भएका कतिपय घरधनीहरूले आफ्ना संरचना सुरक्षित राख्न घरको बाहिरी पर्खालमा लालपूर्जाको प्रतिलिपि टाँसेका छन् ।
उनीहरूले आफ्ना संरचनाहरू लालपूर्जाभित्रै रहेको र अनधिकृत नभएको दाबी गर्दै आएका छन् ।